अवैध रुपमा नेपाल बस्दै आएका पोल्यान्डका नागरिक पक्राउ

असार २३, पोखरा । अवैध रुपमा नेपाल प्रवेश गरी लुकेर बस्दै आएका पोल्याण्डका नागरिक राकोल मार्किनलाई प्रहरी पक्राउ गरेको छ ।
मार्किनलाई पर्यटक प्रहरीले आइतबार कास्कीको पोखरा महानगरपालिका–६ लेकसाइडबाट पक्राउ गरेको हो । उनले लेकसाइड, खहरे, पृथ्वीचोकसहितका क्षेत्रमा लागुऔषध सेवन गरी होहल्ला गर्ने गरेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार भारतबाट नेपाल प्रवेश गरेका उनको साथमा पासपोर्ट, भिसासहितका कागजात समेत छैन । तसर्थ उनलाई आवश्यक कारवाहीका लागि अध्ययागनम कार्यालय पोखरामा बुझाइएको छ ।

Facebook Comments

Related posts