उच्च विन्दुमा सुन चाँदीको मूल्य

डेढ महिनादेखि उकालो लाग्दै आएको सुनको मूल्य स्थानीय बजारमा आइतबार अहिलेसम्मकै उच्च विन्दुमा पुगेको छ।

नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाला सुनको मूल्यमा प्रतितोला रु एक हजार २०० ले वृद्धि भएको छ। छापावाला सुनको मूल्य प्रतितोला रु ७२ हजार ५०० कायम भएको छ।

तेजाबी सुनको मूल्यमा पनि प्रतितोला रु एक हजार २०० का दरले वृद्धि भएको छ। स्थानीय बजारमा तेजाबी सुनको मूल्य प्रतितोला रु ७२ हजार २०० पुगेको छ ।

सुनसँगै चाँदीको मूल्यमा पनि वृद्धि देखिएको छ। यसअघि प्रतितोला रु ५÷१० का दरले वृद्धि हुँदै आएको चाँदीको मूल्यमा आज प्रतितोला रु २० रुपैया वृद्धि भएको छ। स्थानीय बजारमा चाँदीको मूल्य प्रतितोला रु ८५० पुगेको महासङ्घले जनाएको छ ।
अन्तर्राष्ट्रिय बजारमा पनि पछिल्लो समय सुनको मूल्य निरन्तर बढिरहेको छ। अन्तर्राष्ट्रिय बजारमा आज सुनको मूल्य प्रतिऔँसत एक हजार ५२८।५० अमेरिकी डलर पुगेको छ। स्थानीय बजारमा अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य वृद्धि भएसँगै त्यसको प्रभाव परेको हो।

Facebook Comments

Related posts