उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मात्रिका यादवले मागे माफी

असार२३, काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मात्रिका यादवले आफूले लिएको निर्णयप्रति क्षमा मागेका छन् । भारतबाट आयात हुने तरकारी तथा फलफूलमा विषादी परीक्षण गर्ने गरेको निर्णयप्रति उनले माफि मागेका हुन् ।

मन्त्री यादव सोमबार पत्रकार सम्मेलन गर्दै, ‘प्रधानमन्त्री कार्यालय, कृषि र आफ्नै मन्त्रालयका चार सचिवले मलाई डुबाएर, निर्णय गर्ने बेला उनलार्इृ गुमराहमा राखेको आरोप समेत लगाएका छन् ।

यद्यपि उनले प्रधानमन्त्री वा अरु कसैको पत्र वा दबावमा पनि निर्णय फिर्ता नलिएको स्पष्ट पारेका छन् ।

मन्त्री यादवले पूर्वाधार नभई निर्णय गर्नु आफ्नो गल्ती भएको भन्दै माफी मागे । सचिवहरुलाई आरोप लगाउदै भने, ‘सचिवहरुले मलाई भन्दै भनेनन् । पूर्वाधार नभइ निर्णय गर्नु मेरो गल्ती थियो । सबै जिम्मा म लिन्छु’ उनले भने, ‘म जनतालाई विषादी खान दिने छैन । अहिलेलाई गल्ती भयो । माफी माग्छु । माफि माग्ने क्रममा उनले थप्पड हानेर सन्तोष मिल्छ भने थप्पड हान्न
सम्म भनेका छन् ।

Facebook Comments

Related posts