ऐतिहासिक गीता ज्ञान महाअनुष्ठानको तीनदिनमा २ करोड भेटी संकलन

काठमाडौ, २६ वैशाख– ऐतिहासिक गीता ज्ञान महाअनुष्ठानको तेस्रो दिन आज स्कुलका करिब ३ हजार विद्यार्थीले गीताको महत्वका बारेमा ज्ञान हासिल गरेका छन ।

पण्डित दिनबन्धु पोखरेलद्धारा बाचन गरिएको गिताको महत्व बुझन १० वटा स्कुलका बिद्यार्थीहरु सितापाइला पुगेका थिए ।

धर्म संस्कार संस्कृतिका बारेमा जन–जनमा ज्ञान बाढने उदेश्यले यही वैशाक २३ देखी ३० गतेसम्म ऐतिहासिक गीता ज्ञान महाअनुष्ठान भइरहेको छ ।

महाअनुष्ठानको तेस्रो दिन आज करिब ३० लाख भेटी संकलन भएको छ ।

नारायण पोखरेल प्रतिष्ठानले आयोजना गरेको गीता ज्ञान महाअनुष्ठानको तीनदिनभित्र करिब २ करोड रकम भेटी सँकलन भएको आयोजकले जनाएको छ ।

Facebook Comments

Related posts