काठमाडौं–निजगढ जोड्ने द्रुतमार्गको प्रस्थानविन्दुको रेखांकन परिर्वतन


काठमाडौं–निजगढ जोड्ने द्रुतमार्गको प्रस्थानविन्दुको रेखांकन परिर्वतन गरिएको छ ।

काठमाडौं–निजगढ द्रुतमार्ग परियोजनाका बारेमा जानकारी दिन नेपाली सेनाले बुधबार काठमाडौमा पत्रकार सममेलन गर्दै द्रुतमार्गको प्रस्थान विन्दु ललितपुर खोकनाको सिकाली मन्दिर र प्राचीन सम्पदा कुदेश क्षेत्रलाई संरक्षण गरी रेखांकन परिवर्तन गरिएको जनाएको हो । मन्त्रिपरिषद्बाट स्वीकृत विस्तृत परियोजना प्रतिवेदन (डीपीआर)मा खोकनासँगै महादेवटारदेखि लेनडाँडा क्षेत्रको रेखांकन परिवर्तन गरिएको नेपाली सेनाले जनाएको छ । पत्रकार सम्मेलनमा परियोजना प्रमुख महासेनानी शरदलाल श्रेष्ठले श्रीकाली मन्दिरलाई संरक्षण गरी सामान्य रेखांकन परिवर्तन गरिने जानकारी दिनुभयो । त्यस्तै उक्त परियोजना निर्माणका लागी एक खर्ब ७५ अर्ब रुपैयाँ आवश्यक पर्ने नेपाली सेनाले जनाएको छ ।

यो लागत पूर्वनिर्धारित रकमभन्दा ३८ अर्ब रुपैयाँ बढी हो । परियोजना निर्माण सम्पन्न गर्न तीन वर्ष ६ महिना लाग्ने र डीपीआरअनुसार यो परियोजनाका लागि एक लाख ५१ हजार रुख काटिने परियोजना प्रमुख श्रेष्ठले बताउनुभयो ।

नयाँ डीपीआरअनुसार द्रुतमार्गको कुल लम्बाइमध्ये ६.४१ किलोमिटर सुरुङमार्ग हुनेछ भने १०.५५ किलोमिटर पुल र ५५.५ किलोमिटर सडक हुनेछ । यसमध्ये हालसम्म २५.४४ किलोमिटर खन्डको ‘सबग्रेड फर्मेसन लेभल’मा काम भएको छ भने झन्डै २७ किलोमिटर क्षेत्रका काम भइरहेको छ । डीपीआर बन्नुभन्दा अगाडि नै परियोजनाको ८ प्रतिशत काम सम्पन्न गरिसकेको सेनाले जनाएको छ ।

Facebook Comments

Related posts