छौडा शब्दको प्रवेश अब संसदमा पनि


असार २२, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीका राजनीतिक सल्लाहकार विष्णु पौडेलले प्रयोग गरेका छौडा शब्द संसदमा पनि प्रवेश गरेको छ । आफ्ना विचार ट्वीटर मार्फत ट्वीट गर्ने क्रममा उनले प्रयोग गरेको सो छौडा शब्दको प्रसंग संसदमा प्रवेश गरेको हो ।

प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसको कपिलबस्तुबाट प्रतिनिधित्व गर्ने सांसद अतहर कमाल मुसलमानले आफूले आफ्नो अप्रत्यक्ष रुपमा आफ्नो भनाइ नभई अरु कसैको कसैको ट्वीटको भनाइ राख्न लागेको बताउदै हाल विदेशी या स्वदेशीले ‘छौँडा’ हरु छोडिरहेको बताएका हुन्।

प्रसंगलाई जोड्दै उनले तीनै ‘छौँडा’हरु देशमा चलायमान हुँदा राष्ट्रवादको मास्क लगाएको सरकारले देशमा विदेशीको इशारामा आइफा गर्न लागेको भन्ने आरोप पनि लगाएका छन ्।

यस्तै उनले तीनै छौँडाहरु अझै सक्रिय हुँदा विभिन्न देशहरुबाट आयात भइराखेका विषादीयुक्त तरकारी र खाद्यान्नहरु बिना जाँच नेपालमा भित्रिरहेको समेत बताएका छन्।

रिमालको ट्वीट लक्षित अभिव्यक्तिमा समय खर्च गरेका उनले ‘छौँडा’ हरुका कारण नेपाली जनताले विषादीयुक्त तरकारी खान बाध्य भएको दाबी गरे।

उनले भने,‘ किसानले अझैसम्म मल पाउन सकेका छैनन्। जनताको स्वास्थ्यमाथि खेलवाड गर्ने, धर्म र संस्कृतिमा प्रहार गर्ने, विदेशीको इशासारमा नयाँ राष्ट्रवाद सिर्जना गर्ने छौँडाहरु कहाँ कसरी चलायमान छन् ।’

Facebook Comments

Related posts