‘छ माया छपक्कै’ मा केकी अधिकारी अनुबन्ध

बैशाख अन्तिम साताबाट छायांकन सुरु हुन लागेको कमेडी जनरामा निर्माण बन्ने फिल्म ‘छ माया छपक्कै’ मा अभिनेत्री केकी अधिकारी लिड हिरोइनमा अनुबन्ध भएकी छन् । ‘घामपानी’ र ‘गोपी’ फेम्ड निर्देशक दीपेन्द्र लामाको निर्देशनमा बन्न लागेको यस फिल्ममा केकीको जोडीको रुपमा कलाकार दीपकराज गिरी हुनेछन् ।

आइतबार केकी र फिल्मका निर्माताबीच औपचारिक रुपमा कागजी सम्झौता भएको हो । यस फिल्मको सोमवार राजधानीको सोल्टी होटलमा एक कार्यक्रमका बीच निर्माण घोषणा हुँदैछ । दीपक शर्माको संगीत रहने फिल्ममा दीपक र केकीका अलवा केदार घिमिरे र जितु नेपालको पनि अभिनय रहनेछ ।

फिल्मको पटकथा तथा संवाद दीपकराज गिरीले तयार पारेका हुन् । फिल्म आँउदोे दशैँमा रिलिज हुनेछ । दीपकराजको समुहले विना लगानी यो फिल्म ५० प्रतिशत मुनाफा दिने सर्तमा काम गर्न लागेको हो ।
फिल्ममा रोहित अधिकारीको निर्माण रहनेछ ।

Facebook Comments

Related posts