नगर सभा अवैधानिक भएको नगरको भनाइ

१९ असार, काठमाडौँ । मध्यपुर थिमि नगरपालिकामा भएको बिशेष नगर सभा अवैधानिक भएको नगर प्रमुख मदनसुन्दर श्रेष्ठले बताउनुभएको छ ।

बिहिबार भक्तपुरमा रफत सञ्चार क्लबमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै प्रमुख श्रेष्ठले बिधि र प्रक्रिया भन्दा बाहिर गएर बहुमतको दम्भका आधारमा गरिएको बिशेष नगरसभा अवैधानिकता भएको आरोप लगाउनुभएको हो । ४५ जनप्रतिनिधिमध्ये ३५ जनप्रतिनिधिहरुले दुई तिहाईको दम्भ देखाउँदै प्रदेशसभाले ल्याएको कानुन बिपरित बिशेष नगरसभा सम्पन्न गरिएको प्रति आफ्नो आपत्ति रहेको उहाले बताउनुभयो । कानुनी संवत नगरसभा स्थगन गरिएको सूचनालाई च्याती उपप्रमुखको अध्यक्षतामा सम्पन्न गरिएको बिशेष नगरसभाले गलत नजिर बसेको भन्दै उनले भने यसले समग्र नगरको बिकास तथा कानुनी झन्झट निम्ताएको उहाले बताउनुभयो ।

बहुमतको पहुँचमा अन्य जनप्रतिनिधिले प्रमुखको अधिकार भन्दा पनि माथि रहेर आफ्नो काम गर्नु पाउनु पर्छ भन्ने सोचको हावीले समेत जटिल परिस्थिति श्रृजना भएको श्रेष्ठको भनाई छ ।

Facebook Comments

Related posts