नियमावलीे मस्यौदामा कांग्रेसको तिव्रता

२९ असार, काठमाडौँ । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले नियमावलीको मस्यौदामाथिको छलफललाई तिव्रता दिएको छ ।

पार्टी कार्यालय सानेपामा आइतबार बसेको केन्द्रिय कार्यसमिति बैठकमा केन्द्रीय सदस्यहरुले नियमावलीको मस्यौदालाई अनुशासन र आचारसंहितामा लचक बनाउनुपर्ने धारणा राखेका थिए । पार्टीको मूल नीतिविपरीत गएर सार्वजनिक अभिव्यक्ति र लेख लेख्न नपाउने नियमावलीमा प्रस्ताव गरिएको छ । छलफलमा भाग लिँदै केन्द्रीय सदस्यहरुले भ्रातृ तथा शुभेच्छुक संघ–संस्थाहरुलाई छुट्टा–छुट्टैरुपमा महाधिवेशन प्रतिनिधि तोक्न नहुने, सबै सदस्यहरुसँग ‘लेबी’ उठाउनुपर्ने भन्दै नियमावलीको मस्यौदामा व्यापक संशोधन गर्नुपर्ने बताएका छन् । काग्रेस प्रवक्ता विश्वप्रकास शर्माले छलफल नियमावलीमामात्र केन्द्रित रहेको र यसलाई पारित गरेपछिमात्र अन्य १३ वटा एजेण्डामा प्रवेश हुने जानकारी दिनुभयो ।

शुक्रबारबाट सुरु बैठक केहिदिन चल्ने प्रवक्ता शर्माले जानकारी दिनुभयो ।

Facebook Comments

Related posts