पढ्न हिँडेका १० विद्यार्थी बाटोमै बेहोस, उपचारको क्रममा एकको मृत्यु

ताहुँमा बुधबार बिहान कोचिङ् पढ्न हिँडेका १० जना विद्यार्थी बाटोमै बेहोस भएका छन् । बेहोस भएका मध्ये एक जनाको उपचारको क्रममा मृत्यु भएको छ ।

मृत्यु हुनेमा पूर्वखोला गाउँपालिका–६ हेक्लाङ्गकी १६ वर्षीय कमला फाल रहेकी छन् । फालको प्राथमिक स्वास्थ्य केन्द्र ताहुँमा उपचार हुन सम्भव नभएपछि लुम्बिनी मेडिकल कलेज पठाइएको थियो । लुम्बिनी मेडिकल कलेज लैजाँदै गर्दा उनको बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायव उपरीक्षक कृष्णराज सापकोटाले जानकारी दिए ।

फाल बेहोस भएपछि उनीसँगैका अन्य नौ जना सहपाठीहरु रुँदारुदै बेहोस् भएको प्रहरीले जनाएको छ । बेहोस विद्यार्थी मध्ये ७ जनाको प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको र अन्य दुई जनाको युनाइटेड मिसन अस्पतालमा उपचार भइरहेको छ ।

उनीहरु के कारणले बेहोस भए पत्ता लाग्न नसकेको अस्पतालले जनाएको छ ।

Facebook Comments

Related posts