परीक्षाको नतिजा खारेजीको माग गर्दै लगाइयो त्रिविमा तालाबन्दी


असार २, काठमाडौँ– नेकपाको विद्यार्थी सङ्गठन अनेरास्ववियुद्धारा आज त्रिभुवन विश्वविद्यालय सेवा आयोगको कार्यालयमा तालाबन्दी गरिएको छ ।आयोगले लिएको परीक्षाको नतिजा खारेजीको माग गर्दै तालाबन्दी त्रिविमा तालाबन्दी गरिएको हो ।

क्रान्तिकारीका केन्द्रीय सदस्य सङ्घर्ष दाहालका अनुसार परीक्षामा अनियमितता गरी त्रिवि पदाधिकारीले आफन्तको नाम निकालेका कारण त्रिविमा तालाबन्दी गरिएको हो । उनले भने, ‘‘हामीले पहिल्यैदेखि नै अनियमितता गरी प्रकाशन गरिएको नतिजा स्थगन गर्न माग गरेका थियौँ तर परीक्षा स्थगन नगरी अन्तर्वार्ता लिइरहेकाले तालाबन्दी गरेका हौँ ।’ गत जेठ ३० गते आयोगका अध्यक्षको कार्यकक्षमा समेत तालाबन्दी गरेका क्रान्तिकारीका विद्यार्थीहरू जेठ ६ गतेदेखि परीक्षा खारेजीको माग गर्दै आयोग अगाडि रिले अनशन बसिरहेका छन् ।

Facebook Comments

Related posts