पासाङ्ग शेर्पा द्धारा हिमाल आरोहणमा ज्यान गुमाएकाका परिवारलाई आर्थिक सहयोग

काठमाडौं । बुधबार नेपाल माउन्टेन एकेडेमीको सभाकक्षमा सोलुखुम्बुका तीन आरोही परिवारलाई जनही ३०० अमेरिकी डलर हस्तान्तरण युएस नेपाल क्लाइम्बर्स एसोसियसनले हिमाल आरोहणका क्रममा ज्यान गुमाएका तीन परिवारलाई आर्थिक सहयोग उपलब्ध गराएको छ ।संस्थाले गत वर्षदेखि हिमाल आरोहणको क्रममा ज्यान गुमाउनेको परिवारका आर्थिक सहयोग उपलब्ध गराउँदै आएको एसोसियसनका अध्यक्ष पासाङ शेर्पाले जानकारी दिए । उनले यस्ता परिवारहरुका लागि विभिन्न अन्तराष्ट्रिय संघ संस्थाहरुको पहलमा थप सहयोग उपलब्ध गराउन पहल समेत भइरहेको उनले बताए ।

त्यस्तै, नेपाल माउन्टेन एकेडेमीलाई रक क्लाइम्बिङका लागि आवश्यक जुत्ता, हारनेश, बायोलाइट,सोलार लाइट लगायतका पर्वतारोहणसँग सम्बन्धित आवश्यक सामग्रीहरु प्रदान गरिएको छ ।

नेपाल माउन्टेन एकेडेमीले त्रिभुवन विश्वविद्यालयको सम्बन्धन लिएर हिमाल र पर्वतारोहण विषयमा स्नातक तहमा अध्यापन गराइरहेको छ । एकेडेमीले आरोहणमा ज्यान गुमाएको परिवारका सन्तानहरुलाई छात्रवृत्ति उपलब्ध गराउने योजनामा रहेको एकेडेमीका अध्यक्ष लाक्पफुटी शेर्पाले जानकारी दिइन् ।

Facebook Comments

Related posts