प्रजातान्त्रिक ढंगले नेपाली जनताको विश्वास जित्छौँ : कमल थापा

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले ‘संविधानको परिधिभित्रबाट प्रजातान्त्रिक ढंगले नेपाली जनताको विश्वास जितेर सनातन हिन्दुराष्ट्र पुनर्स्थापना गर्न र देशको सर्वांगीण विकासको लागि पार्टी संगठन बलियो बनाउन’ सबै कार्यकर्ताहरुलाई आह्वान गरेका छन्।

नवलपुर जिल्लाको कावासोतीमा आयोजित गण्डकी प्रदेशको विस्तारित बैठकलाई सम्बोधन गर्दै थापाले जनता काङ्ग्रेस र कम्युनिस्टको विकल्पको खोजीमा रहेको चर्चा गर्दै असफल बाटो र नीतिमा परिवर्तन आवश्यक रहेकोमा जोड दिए।

Facebook Comments

Related posts