प्रिमियर लिग लिभरपुलको विजयी यात्रा कायम


नयाँ सिजनको तेस्रो खेलमा पनि लिभरपुलले इंग्लिस प्रिमियर लिग फुटबलमा विजयी यात्रा कायम राखेको छ।

शनिबार राति भएको लिग अन्तर्गत खेलमा मोहम्मद साहलको दुई गोलको सहयोगमा लिभरपुलले अर्सनललाई ३–१ ले पराजित गरेको हो । ४१ औँ मिनेटमा जोएल मातियको गोलबाट लिभरपुलले पहिलो हाफमा १–० को अग्रता लियो । दोस्रो हाफमा थप दुई गोल भयो ।

४९ औँ मिनेटमा पाएको पेनाल्टीमा र ५८ औँ मिनेटमा साहले व्यक्तिगत दोस्रो गोल गरेपछि लिभरपुलले ३–० को अग्रता लियो । अवे मैदानमा भएको खेलमा आर्सनलका लागि ८५ औँ मिनेटमा लुकास टोरोइएरालो एक गोल फर्काएका थिए।

लगातार तीन खेल जितेको लिभरपुल ९ अंक सहित शीर्ष स्थानमा छ । यसअघिका दुई खेल जितेको आर्सनल ६ अंकसहित दोस्रो स्थानमा छ । प्रिमियर लिगमा लिभरपुलको यो लगातार १२ औँ जित हो ।

Facebook Comments

Related posts