प्रेमगित ३ मा क्रिस्टिना गुरुङ अनुबन्धित

१५ असार, काठमाडौँ । गीत क्यारेक्टरलाई लिएर दर्शकको लामो समयदेखिको कौतुहलता मेटिएको छ । प्रेमगीत ३ मा ‘गीत को भूमिकाका लागि अभिनेत्रीको भूमिकामा क्रिस्टिना गुरुङ छनोट भएकी छिन् ।

निर्माण टिमले ‘प्रेमगीत ३’ मा ‘गीत’ क्यारेक्टरका लागि अडिसन आह्वान गरेको थियो, जसमा २७ सय बढीले आवेदन दिएका थिए । त्यसमध्ये २५ जना युवती उत्कृष्ट २५ को ‘सर्टलिस्ट’ मा परेका थिए । उनीहरुमध्ये अभिनय क्षमता, लुक्स, उचाई र सुन्दरताको हिसाबले ‘गीत’ क्यारेक्टरमा क्रिस्टिना परफेक्ट भएकाले छनोट गरिएको टिमले जनाएको छ । आइतबार ‘गीत’ क्यारेक्टरमा क्रिस्टिना फाइनल भएको घोषणा गर्दै निर्माण टिमले उनको क्यारेक्टर पोस्टर पनि सार्वजनिक गर्दैछ ।

प्लस टुसम्मको अध्ययन नेपालमा नै सकेर अमेरिका गएकी उनी बाल्टिमोर युनिभर्सिटीमा आइटी बिषयमा स्नातक गर्दैछिन् । परिवारसँग अमेरिकामा बस्दै आएकी उनले केही म्यूजिक भिडियोमा अभिनय समेत गरिसकेकी छन् । चैत २८ मा रिलिज हुने ‘प्रेमगीत ३’ लाई छेतेन गुरुङ र निर्माता सन्तोष सेनले मिलेर निर्देशन गर्दैछन् । छेतेन र मन्दिप गौतमले फिल्मको कथा तयार पारेका छन् । ‘प्रेमगीत ३’ पहिलो र दोश्रो संस्करणभन्दा निकै ठुलो स्केलमा निर्माण हुने र नेपाली फिल्म क्षेत्रकै एउटा उदाहरण बन्ने निर्माण पक्षको विश्वास छ । फिल्ममा शिव श्रेष्ठ, मनिष राउत, सुनिल थापा, अनुभव रेग्मीलगायतका कलाकारहरुको पनि अभिनय रहनेछ ।

Facebook Comments

Related posts