बन्धक बनाइएका अस्ट्रेलियाली नागरिक एलेक सिग्ली रिहा

१९ असार, उत्तर कोरियास्थित कारण नै नखुलाईकन बन्धक बनाइएका अस्ट्रेलियाली नागरिक एलेक सिग्ली रिहा भएका छन् । गत साता उत्तर कोरियाबाट बेपत्ता भएका उनी त्यहीबाट बन्धक भएका थिए । एलेक सिग्ली रिहा भएको र उनी सुरक्षित रहेको अस्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनले बताएका छन् ।

२९ वर्षका सिग्ली स्नातकोत्तर स्तरमा अध्ययन गर्दै प्योङयाङमा पर्यटन व्यवसाय पनि गर्दै आएका थिए ।

उत्तर कोरियाका सरकारी अधिकारीले प्योङयाङमा रहेको स्वीडिस दूतावासका अधिकारीबिच भएको वार्तापछि प्रधानमन्त्री स्कटले आफ्नो देशका नागरिक सुरक्षित रहेको बताएका छन्। उत्तर कोरियाको राजधानीमा अस्ट्रेलियाको दूतावास छैन ।

उनी रिहा भएको सम्बन्धी खबर सबैभन्दा पहिले एनके न्युजले लेखेको थियो, जसमा उनी चीनमा रहेको र जापान लाग्ने तयारी भएको उल्लेख गरेको थियो ।

Facebook Comments

Related posts