भलिबल च्याम्पियनसिपको पहिलो खेलमा नेपाल किर्गिस्तानसँग पराजित

पुरूष सिनियर सेन्ट्रल जोन भलिबल च्याम्पियनसिपको पहिलो खेलमा नेपाल किर्गिस्तानसँग पराजित भएसँगै नेपालका मुख्य प्रशिक्षक भान एविङले क्षमताअनुसारको प्रदर्शन गर्न नसकेको बताएका छन् ।

नेपाल किर्गिस्तानसँग आज भएको खेलमा ३–० को सोझो सेटमा पराजित हुन पुग्यो । २५–२३, २५–२२ र २५–२२ को सोझो सेटमा पराजित हुने क्रममा नेपालले एक खेलअघि नै सेमिफाइनल पुग्ने अवसरलाई पनि गुमाएको छ ।

हार पछि मुख्य प्रशिक्षक एविङले खेलाडीले आफ्नो क्षमताअनुसारले खेल्न नसकेको बताए ।

प्रशिक्षकले हारको समीक्षा गर्दै सुधार गर्नुपर्ने ठाउँमा सुधार गर्ने पनि बताए । नेपालले अब आफ्नो अन्तिम खेलमा माल्दिभ्ससँग २१ अगष्टमा खेल्दैछ ।

Facebook Comments

Related posts