भारतबाट आयातित तरकारी तथा फलफूलको गुणस्तर परीक्षणको गर्दै सर्वोच्चमा रिट निवेदन दर्ता


असार २४, काठमाडौं । केहि समययता छलफल र विवादको विषय बन्दै आएको भारतबाट आयातित तरकारी तथा फलफूलको गुणस्तर परीक्षण गर्न माग गर्दै सर्वोच्चमा रिट निवेदन दर्ता भएको छ ।

विषादीयुक्त तरकारी आयात गर्दा गुणस्तर परीक्षण नगर्ने निर्णयबाट सरकार पछि हटेपछि स्वतन्त्र अभियान नेपालका तर्फबाट अधिवक्ता स्वागत नेपालले सरकारलाई विपक्षी बनाएर रिट दर्ता गरेका हुन् ।

सरकारले उपभोक्ताको स्वास्थ्यको पनि ख्याल राख्नुपर्ने र सरकारको निर्णय उपभोक्ताको अधिकारविरुद्ध रहेकाले त्यसलाई रोक्न अन्तरिम आदेश जारी हुनुपर्ने माग गरिएको हो । तरकारी र फलफूल भित्रने नाकामा भएमा प्रयोगशाला सञ्चालन गर्नु र नभएको स्थानमा निर्माण गर्न अन्तरिम आदेश जारी गर्न रिटमा माग गरिएको छ ।

यसअघि सोमबार उपभोक्ता हित संरक्षण मञ्चका तर्फबाट अधिवक्ता विष्णुकुमार तिमिल्सिनाले सर्वोच्चमा रिट हालेका थिए ।

Facebook Comments

Related posts