राष्ट्रिय सुरक्षाका लागि पारमाणविक तथा रेडियोधर्मी पदार्थको प्रयोग आवश्यक छ: गिरिराजमणि पोखरेल

५ असार,काठमाडौँ । प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समितिमा राष्ट्रिय सुरक्षाका लागि पारमाणविक तथा रेडियोधर्मी पदार्थको प्रयोग आवश्यक रहेको औल्याइएको छ ।

बिहीबार शिक्षा तथा स्वास्थ्य समितिको बैठकमा पारमाणविक तथा रेडियोधर्मी पदार्थको सुरक्षित र शान्तिपूर्ण प्रयोगसम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७५ मा छलफल गरेको हो । छलफलमा शिक्षामन्त्री गिरिराजमणि पोखरेलले राष्ट्रिय सुरक्षाका लागि पारमाणविक तथा रेडियोधर्मी पदार्थको प्रयोग आवश्यक रहेको बताउनुभएको छ । विश्वका अधिकांश देशले यस सम्बन्धी कानुन बनाइसकेको बताउँदै मन्त्री पोखरेलले नेपालले पनि कानुन बनाउन ढिला गर्नु नहुने बताउनुभयो । त्यस्तै मन्त्री पोखरेलले राष्ट्रिय सुरक्षा र उपलब्ध स्रोत साधनको सही प्रयोगका निम्ति यो विधेयक ल्याइएको दाबी गर्नुभयो ।

बैठकमा सांसदहरुले विधेयकको दफा २७ हटाउन माग गरेकाछन् । दफा २७ मा सरकारले आणविक भट्टी सन्चालन गर्न सक्ने व्यवस्था गरेको भन्दै नेकपाका प्रमुख सचेतक देव गुरुङ, सांसदहरु खगराज अधिकारी, योगेश भट्टराई लगायतले दफा २७ पूर्णरुपमा हटाउन माग गरेकाछन् ।

Facebook Comments

Related posts