लगातार बढेको सुनको मुल्य बुधबार घट्यो,

लगातार बढेको सुनको मूल्य बुधबार घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सात सय रुपैयाँले घटेर छापावाला सुनको मूल्य ७० हजार तीन सय रुपैयाँमा कारोबार भइरहेको छ।

मंगलबार छापावाला सुनको मूल्य ७१ हजार रुपैयाँमा कारोबार भएको थियो। यस्तै तेजाबी सुनको मूल्य तोलामा सात सय रुपैयाँले घटेर ७० हजार रुपैयाँमा कारोबार भइरहेको छ। मंगलबार तेजाबी सुनको मूल्य तोलामा ७० हजार सात सय रुपैयाँमा कारोबार भएको थियो।

चाँदीको मूल्य तोलामा १५ रुपैयाँले घटेर आठ सय २० रुपैयाँमा कारोबार भईरहेको छ।

Facebook Comments

Related posts