सत्तारुढ नेकपा सचिवालय बैठक स्थगित

शुक्रबार बिहान ११ बजेका लागि बोलाइएको सत्तारुढ नेकपाको सचिवालय बैठक स्थगित भएको छ । अर्को बैठकको मिति सार्वजनिक भएको छैन ।

यस अघि भाद्र ६ गते बसेको बैठकले आफ्ना नेता विरुद्ध सार्वजनिक रुपमा विरोध गर्न नपाउने निर्णय गरेको थियो। पार्टी एकताका क्रममा अब आयोगहरु र मञ्चहरुको गठनको काम मात्रै बाँकी छ।

सूचनाअनुसार आजको बैठक नेता वामदेव गौतमले तयार पारेको कार्ययोजनालाई लिएर स्थगित भएको हो ।

Facebook Comments

Related posts