सरकारले शक्ति केन्द्रसामु घुँडा टेकेको कांग्रेसको आरोप

२२ असार, काठमाडौँप्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले भारतबाट आयात हुने तरकारी र फलफूलमा विषादी परीक्षण गर्ने काम रोकेर सरकारले शक्ति केन्द्रसामु घुँडा टेकेको आरोप लगाएको छ ।

प्रतिनिधि सभाको आइतवार बसेको बैठकको शुरूमै सभामुखसँग समय लिएर नेपाली कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाणले सरकारले जनताको जीवनमा खेलबाड गरेको आरोप लगाउनुभएको हो ।

उहाले विषादी परीक्षण रोक्नेसम्बन्धी निर्णयबारे सदनमा जवाफ माग पनि गर्नुभयो । सरकारले पहिले आम नागरिकलाई विषादीयुक्त खानेकुरा खान दिन्न भन्दा आफूहरुले समर्थन गरे पनि केही दिनमा फेरि जनताको जीवनसँग खेलवाड गर्दै निर्णयबाट पछि हटेको उहाले बताउनुभयो । उहाले संविधान विरोधी बिधेयकहरु फिर्ता लिन पनि माग गर्नुभयो ।

त्यस्तै राजपाका सांसद प्रमोद शाहले सर्लाही क्षेत्र नं १ मा सञ्चालिक अवैध क्रसर उद्योगका कारण स्थानीय आक्रोशित हुदा पनि स्थानीय प्रशासनले संरक्षण गरेको आरोप लगाउनुभयो । क्रसरका कारण बनेको खाल्डोमा एक बालक खसेर मृत्यु हुदा पनि २४ घण्टासम्म पनि मृतक बालकलाई निकाल्न नसकिने बताउनुभयो । उहाले अवैध क्रसर बन्द गर्न ध्यानाकर्षण पनि गराउनुभयो । ्

त्यस्तै उहाले संविधान संसोधन र लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न पनि माग गर्नुभयो । सांसदहरुले धारणा राखेपछि सभामुख कृष्ण वहादुर महराले यसको जवाफ अर्को बैठकमा संवन्धीत मन्त्रीले दिन रुलिङ गनुृभयो ।

Facebook Comments

Related posts