सुनको मूल्यमा पुन वृद्दि

बुधबार सुनको मूल्यमा पुन वृद्दि भएको छ । सुनको मूल्य प्रतितोला एक हजार रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघले बुधबारका लागि छापावाल सुनको मूल्य प्रतितोला ७३ हजार ५ सय र तेजावी सुनको मूल्य प्रतितोला ७३ हजार २ सय रुपैयाँ तोकेको छ ।

तीजको केही दिन पहिले बिस्तारै घट्दोे क्रममा रहेको सुनको मूल्य बुधबार पुनः बढेको हो । भदौ १३ र १५ गते सुनको मूल्य घटेको थियो । पछिल्लो दुई महिनामा चाँदीको मूल्य सबैभन्दा उच्च भएको सुनचाँदी व्यवसायी महासंघका महासचिव धर्मसुन्दर बज्राचार्य बताउँछन् ।

सुनको मूल्य बढ्नेक्रम नरोकिएपछि बिक्री ठप्प भएको छ । ब्यापार नहुँदा कालीगढ र सुन व्यवसायी विषेश मारमा परेका छन् ।

Facebook Comments

Related posts