सुनको मूल्य उकालो लाग्ने क्रम बढ्दै, ६९ हजार पाँच सय रुपैयाँमा कारोबार

सुनको मूल्य उकालो लाग्ने क्रम अझै रोकिएको छैन। मंगलबार ६८ हजार रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य बुधबार एक हजार पाँच सय रुपैयाँले बढेर ६९ हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको छ। यो अहिलेसम्मकै उच्च मूल्य हो ।

यस्तै तेजाबी सुनको मूल्य तोलामा एक हजार पाँच सय रुपैयाँले बढेर ६९ हजार दुई सय रुपैयाँमा कारोबार भइरहेको छ। चाँदीको मूल्य तोलामा १५ रुपैयाँले बढेर आठ सय १० रुपैयाँमा कारोबार भइरहेको छ।

Facebook Comments

Related posts