स्नाइडरले अन्तर्राष्ट्रिय खेलजीवनबाट लिए संन्यास

 

 

 

विश्वकप फुटबलको फाइनलसम्म र्पुयाउन सफल विस्ले स्नाइडरले अन्तर्राष्ट्रिय खेलजीवनबाट सोमबार संन्यासको घोषणा गरेका छन् ।

सन् २०१० मा दक्षिण अफ्रिकामा सम्पन्न विश्वकपमा नेदरल्यान्ड्सलाई फाइनलसम्म र्पुयाउन योगदान दिएका स्नाइडरले अन्तर्राष्ट्रिय फुटबलबाट संन्यासको घोषणा गरेका हुन्।

३५ वर्षे स्नाइडरले १७ वर्षे अन्तर्राष्ट्रिय फुटबल करियरलाई बिट मारेका छन्। उनले नेदरल्यान्ड्सको घरेलु क्लब युट्रेच्टको युट्युब च्यानलमार्पmत संन्यासको घोषणा गरेका थिए। ‘मेरो सम्बन्ध घरेलु क्लबबाटै भएको थियो। त्यसैले जहाँ मैले खेलजीवनको उत्कृष्ट पलहरू बिताएको थिएँ,’ स्नाइडरले भने,‘त्यसैले यहींबाट अन्तर्राष्ट्रिय फुटबलबाट बिट मारेको हुँ। ’ स्नाइडर नेदरल्यान्ड्सका लागि सर्वाधिक क्याप जित्ने खेलाडीसमेत हुन्। उनले नेदरल्यान्ड्सबाट १ सय ३५ खेल खेलेका छन्।

त्यसअघि सन् २००२ मा आयाक्सको एकेडेमीबाट क्लब करियर सुरुआत गरेका उनी त्यसको पाँच वर्षभित्र नै रियाल मड्रिडको यात्रा तय गर्न सफल भएका थिए। सन् २००८ मा रियाल छोडेर उनी जोसे माउरिन्होको नेतृत्वमा रहेको मिलान पुगेका थिए। तर, क्लब फुटबलमा उनले कतारको अल घराफबाट खेल टुङ्ग्याएका थिए।

Facebook Comments

Related posts