हेफर नेपालले सरकारसँगको सहकार्यमा ५ बधशालाहरु निर्माण गर्ने

हेफर नेपालले ५ वटा स्थानीय सरकारहरुसँगको सहकार्यमा ५ वटा आधुनिक बधशालाहरु निर्माण गर्ने भएको छ ।

हेफर नेपालले ललितपुर कार्यक्रममा एक कार्यक्रमको आयोजना गरि बधशालाहरु निर्माण गर्ने बिषयमा सम्झौता भएको जनाएको हो । सम्झौता गरिएका स्थानीय तहहरुमा विराटनगर, भरतपुर, पोखरा, बुटवल र कोहलपुररहेको छ । बद्यशालाहरु सार्वजनिक, निजी, उत्पादक साझेदारी मोडल अन्तर्गत संचालित हुने जनाइएको छ ।

सार्वजनिक क्षेत्रबाट सामाजिक उत्तरदायित्वको भुमिका अन्र्तगत जनतालाई स्वस्थ तथा सफा मासु उपभोगका लागि भोतिक संरचनाहरु निर्माणमा लगानी रहने जनाइएको छ । उक्त बद्यशाला निर्माणका लागि स्थानीय सरकार र प्रदेश सरकारका तर्फबाट ३२ करोड रुपैया भौतिक संरचना निर्माणका लागि बजेट विनियोजन गरिएको उल्ल्ेख गरिएको छ ।

कार्यक्रममा कृषि मन्त्री बधशालाहरु निर्माण गर्ने स्वस्थकर पशुमात्र अन्य देशबाट भित्राउने सरकारको रणनीति रहेको बताउनुभयो । उहाले सरकारले ल्याएको नियमले सबैले पालना गर्नुपर्ने बताउनुभयो ।

खसी बाख्रा उत्पादक महिला किसानहरु र मासु व्यवसायीहरुका तर्फबाट बद्यशाला सञ्चालनका लागि २२ करोड रुपैया भन्दा बढी शेयर रकम प्रतिबद्धता जनाएको हेफर नेपालले उल्लेख गरेको छ ।

Facebook Comments

Related posts