नेपाल कम्युनिष्ट पार्टीले ७७ वटै जिल्लाको नेतृत्व टुग्यायो, कम्युनिष्टले देखेको सपना पुरा भएको प्रधानमन्त्रीको दाबी

काठमाडौ, ९ वैशाख– प्रधानमन्त्री केपी शर्मा ओलीले लामो संघर्ष र बलिदानबाट आजको समयसम्म आइपुग्दा कम्युनिष्टहरुले देखेको सपना पुरा भएको बताउनुभएको छ । यो जित सहजै प्राप्त नभएको भन्दै उहाँले चर्को मुल्य चुकाएर सफता हासिल भएको बताउनुभयो । नेपाल कम्युनिस्ट पार्टीको ७० औं स्थापना दिवसका अवसरमा नेकपाले सोमबार काठमाडौमा आयोजना गरेको कार्यक्रमा प्रधानमन्त्री ओलीले सहयात्रामा साथ दिने अर्का अध्यक्ष पुष्पकमल दाहाललाई धन्यवाद दिनुभयो । दुई पार्टीको एकता भवितव्यले नभएको बताउदै उहाँले योजनाबद्ध ढंगले अबको काम अगाडि बढने बताउनुभयो । पार्टी एकताको समयपछि जिल्लाकमिटिहरु बनाउन केही समय ढिलो भएपनि अब कुनै समस्या…

बालुवाटारको जग्गा प्रकरणले सरकारको अधिनायकवादी चरित्र प्रस्ट भएको काँग्रेस सभापति देउवाको आरोप

काठमाडौ, ९ वैशाख–नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारका पछिल्ला गतिविधिले देश अधिनायकवादतर्फ धकेलिएको आरोप लगाउनुभएको छ् । सोमबार झापाको चन्द्रगढी विमानस्थलमा सन्चारकर्मीहरुसित कुरा गर्दै सभापति देउवाले सेना परिचालनको जिम्मा प्रधानमन्त्रीले लिने प्रयास गर्नु र बालुवाटारको ललिता निवासको जग्गा प्रकरणले सरकारको अधिनायकवादी चरित्र प्रस्ट पारेको बताउनुभयोे्। नेपाल कम्युनिष्ट पार्टीका महासचिव विष्णु पौडेलले किनेको भनिएको जग्गा सुवर्णशमशेरको रहेकाले उक्त जग्गा सुवर्णशमशेरका सन्तानले पाउनुपर्ने उहाँको तर्क थियो । प्रेस स्वतन्त्रतामाथि अंकुश लगाउन खोज्नु र पत्रकारलाई पक्राउ गर्नु अधिनायकवादको पहिलो उदाहरण भएको उहाँको तर्क थियो ।

नेपाल प्रहरीले पारदर्शी ढंगले काम गरिरहेको छ ः सर्वोन्द्र खनाल

काठमाडौ, ९ वैशाख – नेपाल प्रहरीका महानिरीक्षक सर्वेन्द्र खनालले प्रहरीले पूर्णरुपमा व्यावसायिक र पारदर्शी ढंगले काम गरिरहेपनि आफूमाथि कामै गर्न नसकेको आरोप लाग्ने गरेको भन्दै असन्तुष्टि व्यक्त गर्नुभएको छ । संगठनको वार्षिक समीक्षा सार्वजनिक गर्न प्रहरी मुख्यालयमा पत्रकार सम्मेलन गर्दे प्रहरी महानिरिक्षक सर्वेन्द्र खनालले नेपाल प्रहरी पूर्णरुपमा व्यावसायिक र पारदर्शी रहेको दावी गर्दै अन्तराष्ट्रिय समुदायले समेत प्रशंसा गरिरहेको बताउनुभयो । त्यस्तै उहाले नेपालभित्रै भने नेपाल प्रहरीप्रति नकारात्मक टिप्पणी बढी हावी भइरहेको गुनासो गर्नुभयो । सबैले विगारेको कामलाई आईजीले नै विगारेको भनेर चित्रण गर्न खोजिएको भन्दै उहाले केहि पत्रकारले मिसन पत्रकारीता…

आठौँ राष्ट्रिय खेलकुद अन्तर्गतको महिला क्रिकेट प्रतियोगितामा प्रदेश–१ फाइनल प्रवेश

काठमाडौ, ९ वैशाख – आठौँ राष्ट्रिय खेलकुद अन्तर्गतको महिला क्रिकेट प्रतियोगितामा प्रदेश–१ फाइनल प्रवेश गरेको छ । सोमबार भएको पहिलो सेमिफाइनलमा सुदूरपश्चिम प्रदेशलाई आठ विकेटले पराजित गर्दै प्रदेश–१ फाइनल पुगेको हा े। टस जितेर पहिले ब्याटिङ गरेको सुदुरपश्चिमले निधार्रि्रत २० ओभरमा ७ विकेटको क्षतिमा ८० रन जोडेको थियो । ¬विन्दु रावलले सर्वा्धिक २६ तथा कविता जोशीले ११ रनको योगदान दिनुभएको थियो । सुदूरपश्चिमलाई समेट्ने क्रममा प्रदेश–१ कि निग्मा तामाङले २ तथा रुविना क्षेत्री, सवनम राई र संगीता राईले एक–एक विकेट लिनुभएको थियो ।८१ रनको लक्ष्य लिएर व्याटिङमा उत्रिएको प्रदेश–१ ले…

श्रीलंकामा सोमबार फेरि अर्को विष्फोट

कोलम्बो, ९ वैशाख– २९० जनाको ज्यान जानेगरी भएको विष्फोटको भोलिपल्ट श्रीलंकाको राजधानी कोलम्बोमा अर्को विष्फोट भएको छ । आइतबार विष्फोट भएको सेन्ट एन्थोनीको गिर्जाघर अगाडि अर्को विष्फोटक पदार्थ विष्फोट भएको अन्तर्रा्ष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । सुरक्षाकर्मीले सवारी साधनमा राखिएको विष्फोटक पदार्थलाई निष्कृय पार्ने प्रयास गर्दा एक्कासी विष्फोट भएको प्रहरीले जनाएको छ । पछिल्लो विष्फोटबाट कुनै ठूलो मानवीय क्षति भने भएको छैन । तर, नयाँ विष्फोटले मानिसहरु थप आतंकित भएको र भागदौड मच्चिएको बताइएको छ ।

कांग्रेसमाथि प्रधानमन्त्री के पी ओलीको आरोप

९ बैशाख, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली कांग्रेसले प्रतिक्रियावादी शक्तिसँग घाँटी जोडेर गलत नीति अपनाएको आरोप लगाउनुभएको छ । नेपाल कम्युनिस्ट पार्टीको ७० औं स्थापना दिवसका अवसरमा नेकपाले सोमबार काठमाडौमा आयोजना गरेको कार्यक्रमा प्रधानमन्त्री ओलीले सहयात्री कम्युनिस्टमाथि राष्ट्रियतामा साथ दिन नसकेको भन्दै कांग्रेसले गलत बाटो समातेको आरोप लगाउनुभएको हो । कांग्रेसका कतिपय नेता अझै पनि राजतन्त्रको सपना बोकेर हिँडेको देख्दा आफूलाई अचम्म लागेको ओलीको भनाई थियो । नेकपा अध्यक्ष समेत रहेका ओलीले यसअघिको पूर्ववर्ती सरकारले मुलुक बर्बाद पारेको धारणा राख्नुभयो । मुलुकमा तीव्रतर आर्थिक वृद्धि भइरहको भन्दै उहाले…

नेकपाको ७७ जिल्लाका अध्यक्ष र सचिवको नाम सार्वजनिक

९ बैशाख, काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले ७७ जिल्लाका अध्यक्ष र सचिवको नाम सार्वजनिक गरेको छ । नेपाल कम्युनिस्ट पार्टीको ७० औं स्थापना दिवसका सोमबार काठमाडौमा बिशेष कार्यक्रमको आयोजना गर्दे नेकपाले ७७ जिल्लाका अध्यक्ष र सचिवको नाम सार्वजनिक गरेको हो । यसअघि आइतबार बसेको सचिवालय बैठकले नयाँ मापदण्ड तय गरेसँगै जिल्लाका पदाधिकारी चयन भएका हुन् । तत्कालीन एमालेले अध्यक्ष वा सचिव जुन पद पाएको भए पनि तत्कालीन जिल्ला अध्यक्षलाई नै उक्त पदमा ल्याइएको छ जसअनुसार सत्तारुढ नेकपाका ७७ जिल्ला कमिटीमध्ये तत्कालीन माओवादीले ३३ जिल्लाको अध्यक्ष र ४४ जिल्लाको सचिव…

पूर्णरुपमा व्यावसायिक र पारदर्शी रुपमा काम गरिरहेको नेपाल प्रहरीको दाबी

  ९ बैशाख, काठमाडौँ । नेपाल प्रहरीले पूर्णरुपमा व्यावसायिक र पारदर्शी रुपमा काम गरिरहेको दाबी गरेको छ । संगठनको वार्षिक समीक्षा सार्वजनिक गर्न प्रहरी मुख्यालयमा पत्रकार सम्मेलन गर्दे प्रहरी महानिरिक्षक सर्वेन्द्र खनालले नेपाल प्रहरी पूर्णरुपमा व्यावसायिक र पारदर्शी रहेको दावी गर्दै अन्तराष्ट्रिय समुदायले समेत प्रशंसा गरिरहेको दाबी गर्नुभएको हो । त्यस्तै उहाले नेपालभित्रै भने नेपाल प्रहरीप्रति नकारात्मक टिप्पणी बढी हावी भइरहेको गुनासो गर्नुभयो । सबैले विगारेको कामलाई आईजीले नै विगारेको भनेर चित्रण गर्न खोजिएको भन्दै उहाले केहि पत्रकारले मिसन पत्रकारीता गरिरहेको आरोप लगाउनुभयो । खनालले संगठनभित्र अनुशासनविपरित र गैह्र व्यावशायिक…

आज विश्व पृथ्वी दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरि मनाईँदै

  ९ बैशाख, काठमाडौँ । आज विश्व पृथ्वी दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरि मनाईँदैछ । मातृभूमि पृथ्वी शिक्षा र जलवायु परिवर्तन’ भन्ने नाराका साथ पृथ्वीको रक्षाका लागि सचेतना फैलाउने उद्देश्यले हरेक वर्ष अप्रिल २२ मा यो दिवस मनाउने गरिन्छ । पृथ्वीको पर्यावरणीय सुरक्षामा जोड दिने उदेश्यले सन् २००९ मा राष्ट्रसंघको ६३ औँ महासभाले अप्रिल २२ तारिखलाई विश्वभर पृथ्वी दिवसका रुपमा मनाउने निर्णय गरेको थियो । बिसौँ शताब्दि यता विश्वमा ० दशमलव १८ डिग्रि सेन्टिग्रेट का दरले तापमान बढ्दै गएको छ । भावि पुस्ताका लागी पृथ्वीलाइ जोगाइराख्न पर्यावरण शिक्षामा जोड…

प्रतिनिधिसभा सदस्य हृदयेश त्रिपाठीलद्धारा तत्काल उखु किसानलाई अनुदान प्रदान गर्न माग

९ बैशाख, काठमाडौँ । प्रतिनिधिसभाका सदस्य हृदयेश त्रिपाठीले तत्काल उखु किसानलाई अनुदान प्रदान गर्न माग गर्नुभएको छ । सोमबार काठमाडौंमा पत्रकार स्म्मेलन गर्दे उहाले सरकारको अकर्मण्यता र चिनी मालिकहरुको उदण्डताका कारण उखु किसानहरु ठूलो मारमा परेको भन्दै उनीहरुलाई तत्काल सरकारले ७० प्रतिशत र चिनी मिल सञ्चालकहरुले ३० प्रतिशत अनुदान दिनुपर्ने माग गर्नुभयो । किसानलाई समयमै भुक्तानी नदिने र चिनीको भाउ मनोमानी ढंगले वृद्धि गर्ने काम हुँदापनि सरकारले केही गर्न नसकेको उहाको आरोप छ । त्रिपाठीले प्रधानमन्त्री केपी शर्मा ओलीले अघि सारेको ‘समृद्ध नेपाल, सुखी नेपाली’ को नारालाई सार्थक तुल्याउने हो…