आरआर स्कुल विवाद

११ बैशाख, काठमाडौँ । काठमाण्डौको वानेश्वरमा रहेको रत्नराज्य माविको संचालक समितिले शिक्षा नियमावलीविपरित निमित्त प्रध्यानध्यापक नियुक्त गरेको आरोप लागेको छ । विद्यालयमा कार्यरत मावि प्रथम श्रेणीका शिक्षक कृपाश्वर खड्कालाई वाइपास गर्दै समितिले विद्यालयमा कार्यरतमध्ये चौँथो वरियातामा रहेका जीवनप्रकाश रेग्मीलाई निमित्त प्रधानध्यापक बनाएको असन्तुष्ट पक्षले आरोप लगाएको हो । असन्तुष्ट पक्षले बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै संचालक समितिको मनपरीतन्त्र विरुद्ध कडारुपमा उत्रने चेतावनी दिएको छ । प्रधानध्यापक गिता खरेल उमेरहदका कारण सेवा निवृत्त भएपछि समितिले निमित्त प्रअ नियुक्त गरेको थियो । पत्रकार सम्मेलनमा निमित्त प्रअका दाबेदार कृपाश्वर खड्काले नियमअनुसार काठमाण्डौ महानगरपालिकाले…

चर्चित प्र्याङकर एलिस र मोडेल एलिसा राईको म्युजिक भिडियो सार्वजनिक

अहिलेकी चर्चित मोडेल एबम नृत्याङगना एलिसा राई र चर्चित प्र्याङकर एलिस राई अभिनित नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ । गायिका शर्मिला राईको स्वरमा रहेको ठुम्का मा चर्चित युवा गीतकार डि पी खनालको शब्द र शंकर थापा स्माइलको संगीत रहेको छ भने उदयराज पौडेलको संगीत संयोजन रहेको छ । ठुम्काुुको अभिनयमा एलिसा राई र चर्चित प्र्यानङकर एलिस राईलाइ आकाश राइ र आनन्द गुरुङ लगायतका कलाकारले साथ दिएका छन। धेरै समयपछि पुन भिडियो निर्देशनमा फर्किएका गायक विजय रुम्बाले निर्देशन गरेको म्युजिक भिडियोमा ज्ञानेन्द्र शर्माको सिनेमाटोग्राफी र बिकाश ज्ञवालीको सम्पादन रहेको छ।…

नेपाली कांग्रेसको जागरण अभियानको मिति सारियो

११ बैशाख, काठमाडौँ । नेपाली कांग्रेसका पूर्वकोषाध्यक्ष रामकृष्ण ताम्राकारको निधनले कांग्रेसको जागरण अभियान दुई साता पछि हुने भएको छ । ताम्राकारको निधनसँगै नेपाली कांग्रेसको जागरण अभियानको मिति पर सारिएको हो । कांग्रेसले यही वैशाख ११ गतेदेखि देशभर जागरण अभियान सञ्चालन गर्ने निर्णय गरेको थियो । तर, पूर्वमन्त्रीसमेत रहेका ताम्राकारको निधनका कारण जागरण अभियान दुई हप्ता पछि सारिएको छ ।वैशाख ११ गतेदेखि सुरु गर्ने भनिएको जागरण अभियानलाई वैशाख २५ गते हुने भएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारी चिन भ्रमणमा

११ बैशाख, काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारी आफ्ना चिनियाँ समकक्षी सी चीनफिङको निमन्त्रणमा बुधबार चीनको राजकीय भ्रमणमा जाँदै छिन् । राष्ट्रपति भण्डारी बुधबार बिहान ११ बजे चीनका लागि प्रस्थान गर्नुभएको छ । उहाँ वैशाख १९ गते स्वदेश फर्किनुहुनेछ । राष्ट्रपति भण्डारी बेइजिङमा आयोजना हुने दोस्रो बेल्ट एण्ड रोड फोरम फर इन्टरनेशनल कोअपरेसनमा सहभागी हुने रे उक्त फोरमलाई सम्बोधन गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । उहाँ आफ्ना चिनियाँ समकक्षी सीले आयोजना गर्ने राजकीय भोजमा सहभागी हुनुहुनेछ साथै अन्तर्रा्ष्ट्रिय फलफूल प्रदर्शनीको उद्घाटन समारोहमा सरिक हुने र त्यहाँ रहेको नेपाली मण्डपको…

तेह्रौं लोकतन्त्र दिवसदेशभर विभिन्न कार्यक्रमहरु गरी मनाइदै

  ११ बैशाख, आज तेह्रौं लोकतन्त्र दिवसदेशभर विभिन्न कार्यक्रमहरु गरी मनाइदैछ । २०६२ र ६३ जनआन्दोलन पछि वि.स २०६३ वैशाख ११ गते लोकतन्त्र स्थापना भएको सम्झनामा आज नेपालभर लोकतन्त्र दिवस मनाइएको छ । जनताको बलिदानीबाट देशमा लोकतन्त्र आएता पनि रोजगारी, शिक्षा, स्वास्थ्य, शान्ति सुरक्षा, भ्रष्टाचार, हिंसा, बलत्कार लगायतका अपराधिक गतिविधि मुक्त देशको अपेक्षा गरेका आम नेपालीको सपना पुरा हुन सकेको छैन ।लोकतन्त्र स्थापनापछि शान्ति प्रक्रिया निष्कर्षमा पुगेसँगै संविधान कार्यान्वयनमा आएको छ । पुनःस्थापित संसद्को जेठ ४ गतेको बैठकले राजसंस्थालाई निलम्बन गर्दै कार्यवाहक राष्ट्राध्यक्षको अधिकारसमेत प्रधानमन्त्रीलाई दिएको थियो ।जनआन्दोलनमा कमाण्डरसमेत रहेका…