विद्यार्थी संगठनको सरकारविरुद्ध वृहत प्रदर्शन

१७ बैशाख, काठमाडौँ । संयुक्त ९ विद्यार्थी संगठनले सरकारविरुद्ध वृहत प्रदर्शन गरेको छ । शैक्षिक क्षेत्रको बेथिती, भ्रष्टाचारका ठुला काण्ड, जग्गा अतिक्रमण, विप्लव नेतृत्वको नेकपा निकट विद्यार्थीमाथिको धरपकड लगाएतको बिषयलाई एजेण्डा बनाएर बिद्यार्थी संगठनहरुले मंगलबार काठमाडौमा प्रदर्शन गरेका हुन् । निर्मला पन्त प्रकरण, सिके राउत प्रक्ररण, विद्यार्थीमाथि भइरहेको अन्याय र धर्म संस्कृतिको रक्षालाई पनि उनीहरुले एजेण्डा बनाएका छन् । काठमाडौंको माइतिघरबाट सुरु भएको प्रदर्शन नयाँ बानेश्वरपुगी टुङ्गीएको थियो । नेपाल विद्यार्थी संघका पूर्व उपाध्यक्ष ऋीषकेश जंग शाहले २ तिहाई बहुमतको बलियो सरकारले जनतालाई निराश बनाएको भन्दै पहिलो चरणको आन्दोलन अनुसार…

‘छ माया छपक्कै’ मा केकी अधिकारी अनुबन्ध

बैशाख अन्तिम साताबाट छायांकन सुरु हुन लागेको कमेडी जनरामा निर्माण बन्ने फिल्म ‘छ माया छपक्कै’ मा अभिनेत्री केकी अधिकारी लिड हिरोइनमा अनुबन्ध भएकी छन् । ‘घामपानी’ र ‘गोपी’ फेम्ड निर्देशक दीपेन्द्र लामाको निर्देशनमा बन्न लागेको यस फिल्ममा केकीको जोडीको रुपमा कलाकार दीपकराज गिरी हुनेछन् । आइतबार केकी र फिल्मका निर्माताबीच औपचारिक रुपमा कागजी सम्झौता भएको हो । यस फिल्मको सोमवार राजधानीको सोल्टी होटलमा एक कार्यक्रमका बीच निर्माण घोषणा हुँदैछ । दीपक शर्माको संगीत रहने फिल्ममा दीपक र केकीका अलवा केदार घिमिरे र जितु नेपालको पनि अभिनय रहनेछ । फिल्मको पटकथा…

कैलालीको लम्कीमा ट्रकको ठक्करबाट युवतीको मृत्य

१७ बैशाख, काठमाडौँ । पूर्व–पश्चिम राजमार्गअन्तर्गत पर्ने कैलालीको लम्कीमा ट्रकको ठक्करबाट स्थानीय एक युवतीको मृत्यु भएको छ । दुर्घटनापछि स्थानीयले गरेकोप्रदर्शनले उग्र रुप लिएपछि प्रहरीले लाठीचार्ज गरेको छ । ना ७ ख ९२३३ नंको ट्रकको ठक्करबाट लम्की बहुमुखी क्याम्पसमा अध्ययनरत १९ वर्षीया सुनिता रावलको मृत्यु भएपछि आक्रोशित स्थानीय बासिन्दाले गरेको प्रदर्शनले उग्ररुप लिएपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले लाठी प्रहार गर्नुका साथै अश्रुग्यासको समेत प्रहार गरेको थियो । प्रदर्शनकारीका तर्फबाट प्रहार भएको ढुङ्गा लागेर सात जना प्रहरी घाइते भएका छन् । त्यस्तै केहि प्रदर्शनकारी पनि घाइते भएका छन् । स्थानीयले मृतकलाई…

नेकपाको संसदीय दलको बैठक ओली र प्रचण्डबाट सम्बोधन

  १७ बैशाख, काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी नेकपा को संसदीय दलको बैठक संसद भवन नयाँ बानेश्वरमा बस्दैछ । बैठकमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पमकल दाहाल प्रचण्डले सम्बोधन गरेका छन । बैठकमा सोमबारदेखि सुरु भएको संसदको बजेट अधिवेशनबारे छलफल हुनेछ। नेकपाले संसदको हरेक अधिवेशनको सुरुमा र अन्त्यमा संसदीय दलको बैठक बोलाउने परम्परा अनुसार बैठक बसेको हो। बैठकमा आगामी बजेट अधिवेशनबारे केही अन्तरबस्तुमा पनि छलफल हुनेछ । बैठकमा हिउँदे अधिवेशनपश्चात आ–आफ्नो निर्वाचन क्षेत्रमा पुगेका सांसदहरुले त्यहाँबाट प्राप्त गरेका सुझावहरु नेतृत्वलाई सुनाउने छन्। हिउँदे अधिवेशनपश्चात् आगामी आर्थिक वर्षको बजेटमा सुझाव संकलनका…