पाँचदिने औपचारिक भ्रमणका लागि प्रधानमन्त्री केपीशर्मा ओली भियतनामको राजधानी हनोइमा

काठमाडौ, २६ वैशाख– प्रधानमन्त्री केपी शर्मा ओली समाजवादी गणतन्त्र राष्ट्र भियतनाम पुग्नुभएको छ । भियतनामका प्रधानमन्त्री गुएन सुआन फुक र कम्बोडियाका प्रधानमन्त्री सम्देह अक्का मोह सेना पडेइ टेको हुन सेनको निमन्त्रणामा ती देशको भ्रमणका लागि प्रधानमन्त्री बिहिबार अपरान्ह ४ बजे भियतनामको राजधानी हनोइ पुग्नुभएको हो । प्रधानमन्त्री ओलीलाई नोइ बाइ अन्तरराष्ट्रिय विमानस्थलमा भियतनामका उपविदेशमन्त्री न्युन क्युक डङ र थाइल्याण्डका लागि नेपाली राजदूत खगनाथ अधिकारीले स्वागत गर्नुभएको थियो । प्रधानमन्त्रीले वैशाख ३० गतेदेखि कम्बोडियाको पनि भ्रमण गर्नुहुनेछ । भ्रमण दलमा प्रधानमन्त्रीकी धर्मपत्नी राधिका शाक्य, परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णुप्रसाद…

’मेरो सरकार’ शब्दप्रति कांग्रेसले प्रतिपक्षीको धर्म निभाउन विरोध गरयो ः सञ्चारमन्त्री

काठमाडौ, २६ वैशाख–सरकारका प्रवक्ता गोकुलप्रसाद बाँस्कोटाले सरकारको नीति तथा कार्यक्रम संघीय संसदमा पेश गर्ने क्रममा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रयोग गरेको ’मेरो सरकार’ शब्दप्रति कांग्रेसले प्रतिपक्षीको धर्म निभाउन विरोध गरेको टिप्पणी गर्नुभएको छ । मन्त्रीपरिषद्का निर्णय सार्वजनिक गर्न सिंहदरबारमा बिहिबार आयोजीत पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता बास्कोटाले संसद भनेको राष्ट्रिय मुद्धा वा अन्तराष्ट्रिय मुद्धाहरु वा विकासका विषयमा छलफल वादविवाद गरेर सही निर्णय गर्ने थलो भएको पनि बताउनुभयो । केही शब्द शब्दावलीको विषयमा बहस चलेको भएपनि नीति तथा कार्यक्रम पनि पास भएको भन्दै उहाले संसदीय पररम्पराकै शैलीमा आरोप प्रत्यारोप भएको तर्क गर्नुभयो ।…

ऐतिहासिक गीता ज्ञान महाअनुष्ठानको तीनदिनमा २ करोड भेटी संकलन

काठमाडौ, २६ वैशाख– ऐतिहासिक गीता ज्ञान महाअनुष्ठानको तेस्रो दिन आज स्कुलका करिब ३ हजार विद्यार्थीले गीताको महत्वका बारेमा ज्ञान हासिल गरेका छन । पण्डित दिनबन्धु पोखरेलद्धारा बाचन गरिएको गिताको महत्व बुझन १० वटा स्कुलका बिद्यार्थीहरु सितापाइला पुगेका थिए । धर्म संस्कार संस्कृतिका बारेमा जन–जनमा ज्ञान बाढने उदेश्यले यही वैशाक २३ देखी ३० गतेसम्म ऐतिहासिक गीता ज्ञान महाअनुष्ठान भइरहेको छ । महाअनुष्ठानको तेस्रो दिन आज करिब ३० लाख भेटी संकलन भएको छ । नारायण पोखरेल प्रतिष्ठानले आयोजना गरेको गीता ज्ञान महाअनुष्ठानको तीनदिनभित्र करिब २ करोड रकम भेटी सँकलन भएको आयोजकले जनाएको…

राजमार्ग बन्द भएको १० मिनेटमै सडक खुलाइने

काठमाडौं, २६ वैशाख – कुनै पनि कारणले राजमार्ग अवरुद्ध भए १० मिनेटभित्र खुलाउने योजना सरकारले कार्यान्वयनमा ल्याएको छ । विभिन्न बहानामा राजमार्ग अवरोध गर्ने प्रवृत्तिलाई निरुत्साहित गर्न र प्रशासनलाई सहज रूपमा काम गर्न गृह मन्त्रालयले नयाँ कार्य्विधि लागू गरेको हो । जसअनुसार राजमार्गमा २०–२० किलोमिटरको दूरीमा सशस्त्र प्रहरीका सुरक्षा पोस्ट रहनेछन् । सशस्त्रले ठूला राजमार्गमा हुने दुर्घटनालक्षित आठवटा ठूला एम्बुलेन्ससमेत खरिद गरेको छ । त्यस्ता एम्बुलेन्सले एकैपटक १०–१२ जनासम्म बिरामी बोक्न सक्छन् । ठूला एम्बुलेन्ससहित अब टोली राजमार्गमा खटिने सशस्त्र प्रहरी बलका प्रवक्ता डिआइजी सुरजकुमार श्रेष्ठले बताए । अहिले उद्धारका…

थेसिसको विषयमा विवाद हुँदा विद्यार्थीद्वारा प्रोफेसरको हत्या

काठमाडौ, २६ वैशाख–इन्डोनेशियामा थेसिसको विषयमा एक जना विद्यार्थी र प्रोफेसरबीच भएको वादविवादले घातक रुप लिएको छ। विवादका क्रममा विद्यार्थीले आफ्नो प्रोफेसरको हत्या गरेका छन्। उक्त घटना गत मे २ सोमबारका दिन सुमात्रा मुहम्मदिया विश्वविद्यालयमा भएको हो।उक्त घटनामा विश्वविद्यालयको गाइडेन्स तथा काउन्सिलिङ विभागको शिक्षा संकायमा कार्यरत ५७ वर्षिया प्रोफेसर डा. एचजे नुरैन लुविसको मृत्यु भएको हो।एक स्थानीय मिडिया रिपोर्टका अनुसार लुइस र उनका २१ वर्षीय विद्यार्थी रोर्मार्दो शाह सिरेगरबिच थेसिसको बारेमा कुराकानी भइरहेको थियो। त्यसपछि लुईस बाथरुमतर्फ अगाडि बढेकी थिइन्। केही समयपछि उनका विद्यार्थीले बाथरुमको अगाडि उनीमाथि आक्रमण गरेका थिए।उनले प्रोफेसरको…

सडक कालोपत्र गर्ने माग पूरा नभएसम्म प्रदर्शन जारी रहने बौद्धबासीको चेतावनी

वैशाख २६ । सडकमा कालोपत्र समयमै नभएको भन्दै राजधानीको बौद्धमा त्यहाँका बौद्ध व्यापार संघ र स्थानीयबासी विरोध प्रदर्शनमा उत्रिएका छन् । उनिहरुले बिहिबार बिहानदेखि बौद्धमा सडक अवरुद्ध गर्दै विरोध प्रदर्शन गरेका हुन् । आन्दोलनकारीले सडक कालोपत्र गर्न नथालेसम्म आन्दोलन जारी राख्ने चेतावनी दिएका छन् । उनीहरुले समयमा काम सम्पन्न नगर्ने ठेकदारलाई कारवाहीको मागसमेत गरेका छन् । विभिन्न प्लेकार्ड बोकेका प्रदर्शनकारीहरु सडकमै बसेका छन् ।