परीक्षाको नतिजा खारेजीको माग गर्दै लगाइयो त्रिविमा तालाबन्दी

असार २, काठमाडौँ– नेकपाको विद्यार्थी सङ्गठन अनेरास्ववियुद्धारा आज त्रिभुवन विश्वविद्यालय सेवा आयोगको कार्यालयमा तालाबन्दी गरिएको छ ।आयोगले लिएको परीक्षाको नतिजा खारेजीको माग गर्दै तालाबन्दी त्रिविमा तालाबन्दी गरिएको हो । क्रान्तिकारीका केन्द्रीय सदस्य सङ्घर्ष दाहालका अनुसार परीक्षामा अनियमितता गरी त्रिवि पदाधिकारीले आफन्तको नाम निकालेका कारण त्रिविमा तालाबन्दी गरिएको हो । उनले भने, ‘‘हामीले पहिल्यैदेखि नै अनियमितता गरी प्रकाशन गरिएको नतिजा स्थगन गर्न माग गरेका थियौँ तर परीक्षा स्थगन नगरी अन्तर्वार्ता लिइरहेकाले तालाबन्दी गरेका हौँ ।’ गत जेठ ३० गते आयोगका अध्यक्षको कार्यकक्षमा समेत तालाबन्दी गरेका क्रान्तिकारीका विद्यार्थीहरू जेठ ६ गतेदेखि परीक्षा…

भारतीय गाडी निर्वाध आवागमन गर्न दिन गृह मन्त्रालयको निर्देशन

२ असार, काठमाडौं । तराईका सीमावर्ती क्षेत्रमा नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले भारतीय गाडी चेकजाँचमा कडाइ गरेसँगै गृह मन्त्रालयले निर्वाध आवागमन गर्न दिन निर्देशन दिएको छ । जेठ २ गते काटिएको उक्त पत्र भारतसँग सीमा जोडिएका २२ वटा जिल्लाका प्रशासकहरुलाई पठाइएको छ। झापा, मोरङ, सुनसरी, सप्तरी, सिरहा, धनुषा, मोहत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, मकवानपुर, चिवतन, पूर्व नवलपरासी, पश्चिम नवलपरासी, रुपन्देही, कपिलवस्तु, दाङ, बाँके, बर्दिया, कैलाली र कञ्चनपुर गरी २२ जिल्ला प्रशासन कार्यालयलाई गृहले पत्र लेखेको हो। उक्त पत्रमा भारतबाट नेपाल प्रवेश गरेका मालबाहक गाडीलाई कुनै जाँचबिना नै छाड्न आदेश…

ऐतिहासिक गीता महानुष्ठानको दान रकम सार्वजनिक

असार २,काठमाडांै । नारायण पोखरेल प्रतिष्ठानद्धारा आयोजना गरिएको ऐतिहासिक गीता महानुष्ठानको दान रकम सार्वजनिक भएको छ । मिति २०७६ ज्येष्ठ ३२ गते शनिबारका दिन काठमाडौंको स्युचाटारको मेगा पार्टी भेन्युस्थित धार्मिक सहिद बाचन शिरोमणी पण्डित नारायण प्रसाद पोखरेलको ६५ औ जन्मजयन्तीको अवसर पारेर उक्त दान रकम पत्राकार सम्मेलन गरी सार्वजनिक गरिएको हो । वैशाख २३ गतेदेखि शुरु भई एक हप्तासम्म सञ्चालन भएको सो महानुष्ठानको अवधिभर नगद रु। १ करोड, ६२ लाख, २२ हजार, ७०० सय, ६९ रुपैयाँ र वाक दानमा ४ करोड ८८ लाख ९८ हजार १३० गरी जम्मा ६ करोड,…

सहमती र सम्झदारीलाई कार्यान्वयन गर्दै महाधिवेसनसम्म जानुपर्छ : प्रचण्ड

२ असार, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी एकतामा भएको सहमती र सम्झदारीलाई इमान्दरपूर्वक कार्यान्वयन गर्दै महाधिवेसनसम्म जानुपर्ने बताउनु भएको छ । सोमबार पार्टी कार्यालय धुमबाराहीमा आयोजित शहीद रितवहादुर खडकाको स्मृति दिवस कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले ईमान्दारिताका साथ पार्टी एकतालाई सुदृढ् गर्ने, पार्टी एकताका बाँकी कामलाई टुंग्याउने र भएका सहमति समझदारीमा इमान्दारिताका साथ उभिनुपर्ने बताउनुभयो। अध्यक्ष प्रचण्डले महाधिवेशनसम्म जाँदा नेकपाको विचार र कार्यक्रम थप परिमार्जित र परिस्कृत हुने समेत उल्लेख गर्नुभयो । उहाँले माक्र्सवादको निर्देशन अनुसार पार्टी कएता भएर समाजवादको प्रक्रियाबाट अगाडि बढेका कारण निराश हुनुपर्ने…

गुठी विधेयकको बारेमा वार्ता गर्न सरकारसंग कांग्रेसको माग

काठमाडौँ –नेपाली कांग्रेस दलका प्रमुख प्रतिपक्षी दलले गुठी विधेयकको बारेमा वार्ता गर्न सरकारसंग माग गरेको छ । गुठी विधेयकको सडक आन्दोलनलाई समर्थन गर्दै प्रतिपक्षी दल नेपाली कांग्रेसले गुठी विधेयक फिर्ता लिन सरकारसँग माग गरेको हो । प्रतिनिधिसभाको सोमबारको बैठकमा बोल्दै कांग्रेसका सांसद दिलेन्द्र प्रसाद बडूले गुठी विधेयकको विरुद्धमा सडकमा चलेको आन्देलनको कांग्रेसले समर्थन गर्ने भन्दै विधेयक फिर्ता लिन सरकारसँग माग गरेका छन् । उनले नेपाल र नेपाली समाजको धार्मिक, सांस्कृतिक, सामाजिक मूल्य मान्यता र मौलिक पहिचानलाई नै समाप्त पार्ने गरि सरकारले विधेयक ल्याएको भन्दै गुठी विधेयक फिर्ता नलिए गम्भीर परिस्थिति…