राष्ट्रिय सुरक्षाका लागि पारमाणविक तथा रेडियोधर्मी पदार्थको प्रयोग आवश्यक छ: गिरिराजमणि पोखरेल

५ असार,काठमाडौँ । प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समितिमा राष्ट्रिय सुरक्षाका लागि पारमाणविक तथा रेडियोधर्मी पदार्थको प्रयोग आवश्यक रहेको औल्याइएको छ । बिहीबार शिक्षा तथा स्वास्थ्य समितिको बैठकमा पारमाणविक तथा रेडियोधर्मी पदार्थको सुरक्षित र शान्तिपूर्ण प्रयोगसम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७५ मा छलफल गरेको हो । छलफलमा शिक्षामन्त्री गिरिराजमणि पोखरेलले राष्ट्रिय सुरक्षाका लागि पारमाणविक तथा रेडियोधर्मी पदार्थको प्रयोग आवश्यक रहेको बताउनुभएको छ । विश्वका अधिकांश देशले यस सम्बन्धी कानुन बनाइसकेको बताउँदै मन्त्री पोखरेलले नेपालले पनि कानुन बनाउन ढिला गर्नु नहुने बताउनुभयो । त्यस्तै मन्त्री पोखरेलले राष्ट्रिय सुरक्षा र उपलब्ध स्रोत साधनको…

स्थानीय तहमा दातृ निकायले आफूखुशी कार्यक्रम सञ्चालन गर्न नपाउनेः लालबाबु पण्डित

सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले स्थानीय तहमा दातृ निकायले आफूखुशी कार्यक्रम सञ्चालन गर्न नपाउने बताउनुभएको छ । स्थानीय विकास प्रशिक्षण प्रतिष्ठानले बिहिबार काठमाडौंमा आयोजना गरेको ‘स्थानीय तहको क्षमता अभिवृद्धिसम्बन्धी अन्तराष्ट्रिय सम्मेलन’को उद्घाटन गर्दै उहाँले दातृ निकाय र अन्तर्रा्ष्ट्रिय गैरसरकारी संस्थाले अभिमुखीकरणसँग जोडिएर कुनै पनि कार्यक्रम गर्दा प्रादेशिक तथा स्थानीय तह क्षमता विकास कार्यक्रमसँग समन्वय गरेर मात्र काम गर्नुपर्ने बताउनुभएको हो । मन्त्री पण्डितले स्थानीय तहका कर्मचारी र जनप्रतिनिधिको क्षमता बढाउनका लागि निरन्तर सरकारले काम गरिरहेको बताउनुभयो । उहाँले सङ्घीयता कार्यान्वयनको चरणमा शुरु शुरुको बेलामा काममा अप्ठ्यारा भए पनि…

सरकार कमजोर बनाउन सरकारी निकाय नै उद्दत रहेको प्रधानमन्त्रीको धारणा

सरकारलाई कमजोर बनाउनतिर सरकारी निकाय नै उद्दत रहेको धारणा प्रधानमन्त्रीले व्यक्त गरेका छन् । विकास समस्या समाधान समितिको बैठकलाई सम्बोधन गर्दै ओलीले भित्रबाटै कमजोर बनाउने खेल भएको बताएका हुन्। मेलम्ची खानेपानी आयोजनाको सन्दर्भमा ओलीले सरकारी निकाय नै सरकारलाई कमजोर, अलोकप्रिय बनाउनतर्फ अग्रसर भएको बताएका छन् । उनले भने, “ उद्दतकै कारण असहयोगको वातावरण बनेको छ। खुलेआम सरकारलाई बदनाम गर्ने राजनीतिक तबाट पहिलेदेखि नै खेल हुँदै आएको भएता पनि पछिल्लो समय सरकारी नियाकबाटै भएको छ। यसमा हामी सजग हुनु जरुरी छ। सजग हुने भनेको कसैले भन्ने ठाउँ नपाउनेगरी काम गर्ने हो।…

इन्टरपोलका कारण विदेश पलायन भएका अपराधीहरु धमाधम पक्राउ

इन्टरपोलको कारण पछिल्लो समयमा नेपालमा आपराधिक क्रियाकलाप गरेर विदेशमा पलायन भइ लुकेर बस्दै आएका अपराधीहरुलाई नेपाल प्रहरीले धमाधम पक्राउ गर्दै नेपाल ल्याइरहेको छ । सन् २०१८ मा नेपाल प्रहरीको इन्टरपोल शाखाले ९ जनालाई पक्राउ गरेर नेपाल ल्याएको नेपाल प्रहरीको तथ्याङ्कमा उल्लेख रहेको छ । जसमा ७ जना रेड नोटिसको आधारमा पक्राउ परेका छन् भने २ जना डिफ्युजन नोटिसको आधारमा पक्राउ परेका छन् । पछिल्लो ९ वर्षमा नेपाल प्रहरीद्धारा १९ जनालाई पक्राउ गरेर नेपाल ल्याएको छ । तथ्याङ्क अनुसार सबैभन्दा बढी अपराधी सन् २०१८ मा पक्राउ परेका छन् । प्रहरीको तथ्याङ्क…

देशभर मनसुन वर्षा फैलन केही समय लाग्ने जल तथा मौसम विज्ञान विभागको अनुमान

असार ५, काठमाडौं । नेपालको पूर्वी भागमा मनसुन वर्षाको सुरु भएको छ ।  गएको २४ घण्टामा ताप्लेजुङमा सबैभन्दा बढी अर्थात १४ दशमलब ६ मिलिमिटर पानी परेको कारण मनसुन वर्षा सुरु भएको जल तथा मौसम विज्ञान विभागले अनुमान गरेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार ओखलढुंगा, धनकुटा, विराटनगर लगायतका क्षेत्रमा पनि वर्षा भएको छ । मौसमविद्हरूका अनुसार पूर्वी नेपालबाट मनसुनी वर्षा शुरु भइसकेको छ । गत वर्षको तुलनामा १० दिन ढिलो गरी मनसुन शुरु भएको हो । गत वर्ष ८ जुनमै मनसुन शुरु भएको थियो । विभागले मनसुन शुरु…

‘स्टेप विथ रिफ्युजी’ नाराका साथ आज विश्वभर अन्तराष्ट्रिय शरणार्थी दिवस मनाइदै

असार ५, काठमाडौँ – आज जुन २० गतेका दिन विश्वभर अन्तराष्ट्रिय शरणार्थी दिवस मनाइदै छ । विभिन्न कार्यक्रम गरी नेपालसहित विश्वभर आज अन्तराष्ट्रिय शरणार्थी दिवस मनाउन लागेको हो । नेपालमा हाल झण्डै २० हजार शरणार्थी रहेको अनुमान छ । सन् १९५१ मा जारी भएको शरणार्थी सम्बन्धी घोषणापत्रको ५० वर्ष पुगेको सन्दर्भमा ४ डिसेम्बर २००० मा बसेको संयुक्त राष्ट्रसंघको साधारणसभाले २००१ जुन २० देखि विश्व शरणार्थी दिवस मनाउने निर्णय गरेको थियो । त्यसयता हरेक वर्ष शरणार्थी सम्बन्ध राष्ट्रसंघीय उच्च आयोग ९युएनएचसिआर० को अगुवाईमा दिवास मनाउने गरिएको छ । द्धन्द्ध ,हिंसा तथा अरु विभिन्न कारणले…