सार्वजनिक यातायातमा सिन्डिकेट अन्त्य भएको मन्त्री सेठको दाबी

१२ असार, काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले सार्वजनिक यातायातमा रहेको ‘सिन्डिकेट’ अन्त्य भएको दाबी गर्नुभएको छ । सिंहदरबारमा बिहिबार बसेको राष्ट्रियसभाको प्रत्यायोजित तथा सरकारी आश्वासन समितिको बैठकमा उनले २५ वर्षदेखिको यातायातमा रहेको सिन्डिकेट अन्त्य भएको दाबी गर्नुभएको हो । मन्त्री महासेठले यातायातसम्बद्ध समितिहरु पूर्णरुपमा खारेज भएको भन्दै सम्पूर्ण यातायात व्यवसायी कम्पनीमा दर्ता भइसकेको बताउनुभयो । यातायात प्राधिकरण गठनसम्बन्धी विधेयक मन्त्रिपरिषद्ले स्वीकृत गरिसकेको भन्दै उहाले प्राधिकरणले नै यातायात क्षेत्रलाई व्यवस्थित गर्ने बताउनुभयो । मन्त्री महासेठले मुलुकका विभिन्न सहर जोड्न आगामी १० वर्षमा २८०० किलोमिटर सडक निर्माण गर्ने योजनाका…

महिला फुटबल प्रतियोगिताको उपमेयर कप विराटनगरले हात पार्दै

महिला फुटबल प्रतियोगिताको पहिलो संस्करणको उपमेयर कप उपाधि विराटनगर महानगरपालिकाले हात पारेको छ । हलचोकस्थित सशस्त्र प्रहरी बल ९एपिएफ०को मैदानमा आज भएको फाइनल खेलमा विराटनगरले बाह्रबिसे नगरपालिकालाई पेनाल्टी सुटआउटमा ४–१ गोलअन्तरले पराजित गर्दै उपाधिमाथि कब्जा जमाएको हो । उपाधिसँगै विराटनगरले रु पाँच लाख हात पार्दा उपविजेतामा चित्त बुझाएको बाह्रबिसेले रु तीन लाख प्राप्त ग¥यो । खेलको निर्धारित समयसम्म १–१ गोलको बराबरीमा सकिएपछि खेल पेनाल्टी सुटआउटमा पुगेको थियो । विराटनगरकको जीतमा रेखा पौडेल, इमा राई, विद्या राना र मनमाया लिम्बूले गोल गरिन् । यता बाह्रबिसेका लागि भने रुबिना पहरीले एक गोल…

प्रतिनिधिसभा सांसद प्रेम सुवालले गुठी संस्थान खारेज गर्न सरकारसँग माग

प्रतिनिधिसभाका सांसद प्रेम सुवालले गुठी संस्थान खारेज गर्न सरकारसँग माग गरेका छन् । बिहीबार संघीय संसदको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठकमा भूमि सम्बन्धि विधेयकमाथिको दफावार छलफलमा भाग लिँदै उनले सम्पदा र संस्कृतिहरुको संरक्षण गर्ने अधिकार गुठीलाई दिने व्यवस्था खारेज गरेर सम्बन्धित स्थानीय तहलाई नै दिन पनि सरकारको गम्भिर ध्यानाकर्षण गराए । सांसद सुवालले नेपाल ट्रष्ट पनि तत्काल खारेज गर्न सरकारको ध्यानाकर्षण गराए । नेपाल ट्रष्टले गर्ने काम पनि स्थानीय तहले गर्ने भएकाले त्यसमा संघीय सरकारले हस्तक्षेप गरिरहन नपर्ने उनको तर्क छ । अर्का सांसद पार्वत गुरुङले भूमिहिनहरुको समस्या…

नेपालमा लगानी बढाउन प्रधानमन्त्रकिो आग्रह

१२ अस।र, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा लगानीको वातावरण भएकाले लगानी बढाउन आग्रह गर्नुभएको छ । बिहिबार प्रधानमन्त्री निबास बालुवाटारमा विभिन्न देशका अवैतनिक राजदूतसंग छलफल गर्दै प्रधानमन्त्री ओलीले यस्तो आग्रह गर्नुभएको हो । छलफलका क्रममा प्रधानमन्त्री ओलीले कुटनीतिक माध्यमबाट मुलुकको बिकासमा हात्तेमालोगर्न समेत आग्रह गर्नुभएको थियो । नेपाल भ्रमण वर्ष २०२०, नेपालको आर्थिक कुटनीति र नेपालमा विदेशी लगानी बढाउने बिषयमा छलफल केन्द्रित भएको प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार डा।राजन भट्टराईले जानकारी दिनुभयो । नेपालको राजदूत नियुक्ति नभएका मुलुकहरुका अवैतनिक राजदूतसंग नेपालको विदेश नीतिका सम्बन्धमा प्रधानमन्त्रीले प्रष्ट पारेको उहाले जानकारी…

मिर्गौला क्यान्सरका कारण पूर्वमुख्यसचिव मल्लको निधन

बिहीबार पूर्वमुख्यसचिव बलरामसिंह मल्लको निधन भएको छ । मिर्गौलाको क्यान्सरबाट पीडित भएका उनको ७८ वर्षको उमेरमा बिहीबार बिहान ३ः१५ बजे मेडिसिटी अस्पताल ललितपुरमा निधन भएको उनका भाइ राजुमानसिंह मल्लले जानकारी दिए । ललितपुरको भ्याली होम्स कोलनीमा बस्दै आएका उनी लामो समयदेखि क्यान्सर रोगबाट पीडित थिए । वीरगञ्जमा जन्मेका मल्लको क्यान्सर रोगका कारण पाँच वर्षअघि मिर्गौला फालिएको थियो । उनका श्रीमती जमुना मल्ल, एक छोरा र तीन छोरी छन् । विसं २०४८ मा नेपाल सरकारको सचिवमा नियुक्त मल्ल २०५३ देखि २०५६ सालसम्म मुख्यसचिव भएका थिए । त्यसअघि उनले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को…

एसइइ को नतिजा आज आउने तयारी

१२, असार, काठमाडौँ । परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले यस वर्षको माध्यमिक शिक्षा परीक्षा अर्थात् एसइईको नतिजा आज सार्वजनिक गर्ने तयारी गरेको छ । विसं २०७५ चैत १० गतेदेखि सञ्चालन गरिएको एसइई परीक्षाको नतिजा प्रकाशनको तयारी अन्तिम चरणमा पुगेको छ । कार्यालयले बुधबार नै परीक्षा सार्वजनिक गर्ने गरी तयारी गरे पनि केही प्राविधिक काम बाँकी रहेकाले आज परीक्षाफल सार्वजनिक गर्ने गरी काम भइरहेको हो । कार्यालयले दिउँसो बोर्ड बैठक बसेर नतिजा सार्वजनिकको तयारी गरेको जनाउँदै प्राविधिक समस्या नआए आजै नतिजा सार्वजनिक गर्ने जानकारी दिएको छ । यस वर्षको परीक्षामा देशभरबाट कूल…