स्वास्थ्यका दृष्टिकोणले दहीचिउरा केरा खानुको फाईदा के छ ?

स्वास्थ्यका दृष्टिकोणले दहीचिउरा केरा खानुको फाईदा के छ ?  Sunday, 30 Jun, 2019 4:24 PM काठमाडौ, १५ असार – आज असार १५ अर्थात राष्ट्रिय धान दिवस । नेपाली कृषकहरुले खेतमा धान रोप्दै  दही चिउरा खाएर रमाइलो गरि यो दिनलाई पर्वकै रुपमा मनाउने चलन छ । तर पछिल्ला केही समयदेखी प्रसस्त अन्नवाली उब्जिने खेतहरुमा बढदो शहरीकरणका कारण उब्जनी हुने जमिन अग्ला सिमेन्टका घरहरुले भरिन थालेपछि हिजोआजका युवायुवतीहरुले यसको महत्वलाई बिर्सदै जानथालेका छन् । परापुर्वकालदेखी असार १५ मा सांस्कृतिक महत्व बोकेको दहीचिउरा केरा खाने प्रचलन स्वास्थ्य दृष्टिकोणले चाहि कत्तिको फाइदा जनक छ त…

बेरोजगारीको समस्या समाधान गर्न कृषिको आधुनिकीकरणमा जोडः प्र्धानमन्त्री ओली

१५ असार, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले बढ्दो बेरोजगारीको समस्या समाधान गर्न कृषिको आधुनिकीकरणमा जोड दिनुभएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयद्वारा आइतबार काठमाडौंमा आयोजित राष्ट्रिय श्रम तथा रोजगार सम्मेलन, २०७६ को उद्घाटन गर्दै उहाँले कृषिको आधुनिकीकरणसँगै बढीमात्रामा रोजगारीको अवसर सिर्जना हुने र बेरोजगारीको समस्या हल हुने बताउनुभयो । नेपालको दुई तिहाइको जनसङ्ख्या अझै पनि परम्परागत कृषिमा अल्झिएको उल्लेख गर्दै उहाँले पुराना ढाँचाको कृषि उत्पादन प्रणालीले अवसर सिर्जना नगर्ने बताउनुभयो । नेपालमा प्रशस्त कृषियोग्य भूमि भए पनि युवा बेरोजगार रहेको उल्लेख गर्दै उहाँले आधुनिक कृषिकरण, व्यवसायीकरण र…

अमेरिकि सरकारद्धारा पण्डित दिनबन्धु पोखरेलाइ मानार्थ नागरिकता प्रदान

लामो समयदेखी सामाजिक क्षेत्रमा ठूलो योगदान पुर्याउदैँ आउनुभएका पण्डित दिनबन्धु पोखरेलाइ अमेरिकी सरकारबाट मानार्थ नागरिकता प्रदान गरिएको छ । वासिङटन डिसीमा सप्ताहमा बाचनका लागि आइपुग्नुभएका पोखरेललाई सामाजिक कामको क्षेत्रमा पुर्याएको योगदानका कारण मानार्थ नागरिकता प्रदान गरिएको हो । अमेरिकी सरकारले मानार्थ नागरिकता प्रदान गर्ने नेपाली संभवन पोखरेल पहिलो हुनुहुन्छ । मानार्थ नागरिकता ग्रहणपछि पण्डित पोखरेलले सफलता सेयर गर्दै आफ्नो फेसबुक वालमा खुसि साट्नुभएको छ । उँहाले लेख्नुभएको छः कुनै चाहेर पनि होइन, माग गरेर पनि होइन, अमेरिकी भूमिमा सेवा गरे बापत आज अमेरिकी सरकारले नेपालीहरूको इतिहासमा पहिलो पटक म नेपाली…

प्रेमगित ३ मा क्रिस्टिना गुरुङ अनुबन्धित

१५ असार, काठमाडौँ । गीत क्यारेक्टरलाई लिएर दर्शकको लामो समयदेखिको कौतुहलता मेटिएको छ । प्रेमगीत ३ मा ‘गीत को भूमिकाका लागि अभिनेत्रीको भूमिकामा क्रिस्टिना गुरुङ छनोट भएकी छिन् । निर्माण टिमले ‘प्रेमगीत ३’ मा ‘गीत’ क्यारेक्टरका लागि अडिसन आह्वान गरेको थियो, जसमा २७ सय बढीले आवेदन दिएका थिए । त्यसमध्ये २५ जना युवती उत्कृष्ट २५ को ‘सर्टलिस्ट’ मा परेका थिए । उनीहरुमध्ये अभिनय क्षमता, लुक्स, उचाई र सुन्दरताको हिसाबले ‘गीत’ क्यारेक्टरमा क्रिस्टिना परफेक्ट भएकाले छनोट गरिएको टिमले जनाएको छ । आइतबार ‘गीत’ क्यारेक्टरमा क्रिस्टिना फाइनल भएको घोषणा गर्दै निर्माण टिमले…

आज असार १५ नेपालभर धान दिवस, रोपाइँ जात्रा मनाइँदै

१५ असार, काठमाडौं । असार १५ गतेका दिन नेपालभर धान दिवस, रोपाइँ जात्रा आदि नामले मनाइँदै छ। कृषिप्रधान देश भएकाले नेपालका अधिकांश मानिसको पेसा खेतीपाती हो । किसान वर्ष भरका लागि छाक जुटाउन यो महिनामा खेतीमा व्यस्त हुन्छन्। आजका दिन असारे भाकामा लोकदोहोरी गाउँदै छुपुछुपु हिलोमा धान रोपिन्छ। मध्यगर्मीको यो समयमा युवा लाठे र युवती रोपाहारले खेतका गराको हिलो छ्यापाछ्याप गरेर मनोरञ्जन गर्छन। कामको चटारोले थकित भएका किसान शक्ति प्राप्तिका लागि दही चिउरा खान्छन्। यसबेला दही चिउराले शरीरमा शीतलता भई शक्ति सञ्चय हुने विश्वास गरिन्छ। असार १५ लाई नेपाली समाजमा…