आइफा अवाड का लागि सरकारले पैसा दिने निर्णय गरेको छैनः सञ्चारमन्त्री बास्कोटा

१७ असार, काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले इण्टरनेशनल इण्डियन फिल्म अवार्ड (आइफा) का लागि सरकारले कुनै पैसा दिने निर्णय नगरेको जानकारी दिनुभएको छ । विकास तथा प्रविधि समितिको मंगलबारको बैठकमा विज्ञापनसम्बन्धी एकीकृत रुपमा व्यवस्था भएको विधेयकमाथि सैद्धान्तिक छलफलका क्रममा उहाले यस्तो जानकारी दिनुभएको हो । यसअघि विभिन्न देशमा भइसकेको कार्यक्रम नेपालमा गर्न स्थान, सुरक्षालगायत सहयोग सरकारले गर्न लागेको उहाँले बताउनुभयो । कार्यक्रम हुँदा सन् २०२० का लागि घोषित नेपाल भ्रमण वर्षलाई सहयोग पुग्ने मन्त्री बाँस्कोटाले स्पष्ट गर्नुभयो । उहाँले ‘क्लिन फिड’ का साथै ‘होर्डिङ बोर्ड’ का माध्यमबाट…

नेतृत्वलाइ राष्ट्रिय नीति बनाएर अघि बढ्न नेकपा सांसदहरुको सुझाव

१७ असार, काठमाडौँ । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सांसदहरुले समृद्धिको राष्ट्रिय नीति नै बनाएर अघि बढ्न नेतृत्वलाई सुझाव दिएका छन् । संघीय संसद भवन नयाँबानेश्वरको ल्होत्से हलमा सोमबार बसेको नेकपा संसदीय दलको बैठकमा बोल्ने अधिकांश सांसदहरुले अहिलेकै गति र मतिले समृद्धिमा पुग्न नसकिने भन्दै राष्ट्रिय नीति नै बनाउन सुझाव दिएका हुन् । आफूहरुलाई जिम्मेवारी नदिएका कारण सरकारका काम–कारबाही जनतासम्म पुग्न नसकेको गुनासो गर्दै सांसदहरुले बजेट विनियोजन निष्पक्ष र समानुपातिक नभएको भन्दै आलोचना गरेका थिए । उनीहरुले मन्त्री र शक्तिशाली सांसदहरुको क्षेत्रमामात्रै बजेट विनियोजन गरेको गुनासोसमेत गरेका छन् ।…

काठमाडौं उपत्यकामा विजुली बस सञ्चालन गर्न सम्झौता

  १७ असार, काठमाडौँ । प्रदेश ३ सरकार, काठमाडौं र ललितपुर महानगर र साझा यातायात प्रालीबीच काठमाडौं उपत्यकामा विजुली बस सञ्चालन गर्न सम्झौता भएको छ । सोमबार काठमाडौमा आयोजित एक कार्यक्रमकाबीच त्रिपक्षीय सहमतिपत्रमा हस्ताक्षर भएको हो । विद्युतीय बस खरिदका लागि प्रदेश ३ सरकारले साझा यातायातलाई ३० करोड रुपैयाँ हस्तान्तरण गरेको छ । सहमतिअनुसार काठमाडौं महानगरले १० करोड दिनेछ भने ललितपुर महानगर र साझा यातायातले समान २ करोड ५० लाख रुपैयाँका दरले लगानी गर्नेछन् । ललितपुरले सोमबार नै २ करोड ५० लाख रुपैयाँको चेक हस्तान्तरण गरेको छ । कार्यक्रममा काठमाडौं…

राष्ट्रकोहितलाई मध्यनजर गर्दै सरकारको क्रियाकलापलाई अघि बढाउनुपर्छः माधव कुमार नेपाल

१७ असार, काठमाडौँ । पूर्व सांसदहरुले मुलुकमा हत्या, हिंसा बढ्दै गएकाले शान्ति भंग हुने खतरा बढ्दै गएको औल्याएका औल्याएका छन् । मंगलबार काठमाडौंमा पूर्व सांसद मञ्च नेपालको १९ औ साधरणसभामा पूर्व सांसदहरुले मुलुकमा राजनीतिक, धार्मिक, साँस्कृतिक द्वन्द्व निम्तिन सक्ने खतरा रहेको औल्याएका हुन् । संसदमा प्रस्तुत गरीएका सबै बिधेयक विवादमा परेका भन्दै उनीहरुले धर्म निरपेक्षतालाई संशोधन गर्नु पर्ने बताए । पूर्व सभामुख दमनाथ ढुंगानाले संविधानको रक्षा गर्नको दलहरुबीच एकता नदेखिएको बताउनुभयो । पूर्व सांसद मञ्च नेपालका पुर्व अध्यक्ष तारानाथ रानाभाटले सरकारमा निरंकुश चरित्र हावी भएको भन्दै सबैलाई मिलाएर अगाडि बढ्न…

सचिव राजेन्द्र फुयाँलद्धारा तीन विधेयक पारित

काठमाडौं १७, असार– राष्ट्रियसभा बैठकमा राष्ट्रियसभा सचिव राजेन्द्र फुयाँलले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त तीन विधेयक पारित गरेका छन् । आर्थिक विधेयक, राष्ट्र ऋण उठाउने विधेयक र ऋण तथा जमानत ९तेइसौँ संशोधन०, विधेयक २०७६ रहेको विधेयक आजको बैठकमा पारित गरेको होख। बैठक शुरुवातमा नै अध्यक्ष गणेश तिमल्सिनासँग समय लिई नेपाली काङ्ग्रेसका सांसद तारादेवी भट्टले कञ्चनपुर जिल्लाको पुनर्वास नगरपालिकामा काङ्ग्रेसका कार्यकर्तामाथि हालै भएको सङ्घातिक आक्रमण गर्नेको पहिचान गरी कानूनी कारवाहीको दायरामा ल्याउन सरकारको ध्यानाकर्षण पनि गराएका छन् ।

प्रदर्शनकारी हटाउन अश्रु ग्यास प्रहार

१७ असार, हङकङको सार्वभौमसत्ता बेलायतबाट चीनमा हस्तान्तरण भएको दिनको सम्झनामा सोमबार विशाल प्रदर्शन भएको हो ।हङकङको संसद भवनमा प्रवेश गरेका प्रदर्शनकारीलाई त्यहाँबाट हटाउनका लागि प्रहरीले अश्रु ग्यास प्रहार गरेको छ । प्रदर्शनकारी सोमबार बेलुका हङकङको संसद भवनमा प्रवेश गरी केही घण्टा आफ्नो नियन्त्रणमा लिएका थिए । प्रहरीले अश्रु ग्यास प्रयोग गरी प्रदर्शनकारीलाई तितरवितर पारेको बिबिसीले उल्लेख गरेको छ । हङकङ सरकारले प्रस्ताव गरेको सुपुर्दगी सम्बन्धी विधेयकको विरोधमा केही हप्तादेखि प्रदर्शन हुँदै आएको छ । सरकारले विधेयक फिर्ता लिए पनि प्रदर्शन रोकिएको छैन । विधेयकका कुनै पनि अभियुक्तलाई चीन सुपुर्दगी गर्न…

सिनामंगलमा गाडी दुर्घटना, १६ जना घाइते

असार १७, काठमाडौं । विपरित दिशाबाट आएको दुई माइक्रो बस आपसमा ठोक्किँदा १६ जना घाइते भएका छन् । गौशालाबाट सिनामंगल जाँदै गरेको बा ४ ख ५१०० नम्बरको हायस र विपरीत दिशाबाट आइरहेको बा १ झ ९७७६ नम्बरको माइक्रो एकआपसमा ठोकिदा यात्रु र चालक सहित १६ जना घाइते भएको हो । घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको छ । गम्भीर घाइते हुनेमा नेपाली सेनाका अमल्दार भरत खत्री र माइक्रो चालक हिमाल काफ्ले रहेका छन् । नारायण दल गुल्ममा कार्यरत खत्रीको टाउकोमा चोट लागेका र घाइते दुवैको काठमाडौं मेडिकल कलेजमा उपचार भइरहेको…