नगर सभा अवैधानिक भएको नगरको भनाइ

१९ असार, काठमाडौँ । मध्यपुर थिमि नगरपालिकामा भएको बिशेष नगर सभा अवैधानिक भएको नगर प्रमुख मदनसुन्दर श्रेष्ठले बताउनुभएको छ । बिहिबार भक्तपुरमा रफत सञ्चार क्लबमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै प्रमुख श्रेष्ठले बिधि र प्रक्रिया भन्दा बाहिर गएर बहुमतको दम्भका आधारमा गरिएको बिशेष नगरसभा अवैधानिकता भएको आरोप लगाउनुभएको हो । ४५ जनप्रतिनिधिमध्ये ३५ जनप्रतिनिधिहरुले दुई तिहाईको दम्भ देखाउँदै प्रदेशसभाले ल्याएको कानुन बिपरित बिशेष नगरसभा सम्पन्न गरिएको प्रति आफ्नो आपत्ति रहेको उहाले बताउनुभयो । कानुनी संवत नगरसभा स्थगन गरिएको सूचनालाई च्याती उपप्रमुखको अध्यक्षतामा सम्पन्न गरिएको बिशेष नगरसभाले गलत नजिर बसेको भन्दै उनले…

१४ वर्षीय बालकद्धारा नौ महिना शिशुको करणी

असार १९, काठमाडौं । नौ महिनाकी शिशुलाइ करणी गरेको आरोपमा सिरहा प्रहरीले १४ वर्षीय बालकलाई पक्राउ गरेको छ । सिरहा, लहान नगरपालिका–२४ गोविन्दपुरमा अबोध शिशुलाई करणी गरेको आरोपमा प्रहरीले स्थानीयवासी १४ वर्षीय बालकलाई पक्राउ गरेको हो । े घटनाको दिन पीडित शिशुको घरका सदस्य खेतमा काम गर्न गएका थिए । शिशुलाई घरमा एक्लै छाडि आमा खेतालाहरु लाई तथा घरका सदस्यलाई खाजा पु¥याउन खेत गएका थिए । सोही मौका पारी बालकले अबोध शिशु माथि करणी गरेको भन्दै बालिकाकी आमाले उजुरी दिएपछि उक्त बालकलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । स्थानीयवासी समेतको…

बजेट निर्माणमा अर्थ मन्त्रालयको एकाधिकार अन्त्य हुनुपर्ने कांग्रेसका सांसदको भनाइ

असार १९, काठमाडौं ।आज बसेको बैठकमा नेपाली कांग्रेसका सांसद जीतेन्द्र देवले बजेट निर्माण अन्र्तगत अर्थ मन्त्रालयको एकाधिकार अन्त्य गर्नुपर्ने आशय व्यक्त गरेका छन् । राष्ट्रियसभामा भएको बजेट छलफलमा हुदै उनले अर्थ मन्त्रालयको एकाधिकारकै कारण बजेट प्रभावकारी नभएकाले अर्थ मन्त्रालयको एकाधिकार अन्त्य गर्नुपर्ने बताएका हुन् । बैटकमा बौल्दै उनले ‘बजेट निर्माणमा अर्थ मन्त्रालयको जुन दादागिरी र एकाधिकारलाई छ त्यसलाई अन्त्य गर्नुपर्छ’। प्रसँगलाई जोड्दै उनले भने ‘यो पोलिसी सिफ्टबाट प्राप्त गरी बजेट निर्माणको सन्दर्भमा प्रधानमन्त्री कार्यालय सक्रिय हुनुपर्ने कुरा समेत राखेका छन् । विगतमा मन्त्री समेत रहेका देवले बजेट निर्माणमा अर्थ मन्त्रालयबाहेकका…

बन्धक बनाइएका अस्ट्रेलियाली नागरिक एलेक सिग्ली रिहा

१९ असार, उत्तर कोरियास्थित कारण नै नखुलाईकन बन्धक बनाइएका अस्ट्रेलियाली नागरिक एलेक सिग्ली रिहा भएका छन् । गत साता उत्तर कोरियाबाट बेपत्ता भएका उनी त्यहीबाट बन्धक भएका थिए । एलेक सिग्ली रिहा भएको र उनी सुरक्षित रहेको अस्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनले बताएका छन् । २९ वर्षका सिग्ली स्नातकोत्तर स्तरमा अध्ययन गर्दै प्योङयाङमा पर्यटन व्यवसाय पनि गर्दै आएका थिए । उत्तर कोरियाका सरकारी अधिकारीले प्योङयाङमा रहेको स्वीडिस दूतावासका अधिकारीबिच भएको वार्तापछि प्रधानमन्त्री स्कटले आफ्नो देशका नागरिक सुरक्षित रहेको बताएका छन्। उत्तर कोरियाको राजधानीमा अस्ट्रेलियाको दूतावास छैन । उनी रिहा भएको सम्बन्धी…