डाइपरमा लुकाएर ल्याइएको तस्करीको सुनसहित एक जना पक्राउ

असार २२, काठमाडौं । त्रिभुवन अन्र्तराष्ट्रिय विमानस्थलबाट डाइपरमा लुकाएर ल्याइएको तस्करीको ५ सय ग्राम सुनसहित एक जनालाई पक्राउ गरेको छ । प्रहरीले आइतबार त्रिभुवन अन्र्तराष्ट्रिय विमानस्थलबाट डाइपरमा लुकाएर ल्याइएको तस्करीको ५ सय ग्राम सुनसहित एक जनालाई पक्राउ गरेको हो । विशेष सुराकीका आधारमा काठमाडौं प्रहरी परिसर, टेकु र विमानस्थल सुरक्षा प्रहरी कार्यालयको संयुक्त अपरेशनमा मोरङका लीलाबहादुर बस्नेत सुनसहित पक्राउ परेका हुन् । कतारको दोहामा तीन वर्ष वैदेशिक रोजगारीका क्रममा बसेर फर्किएका लीलाबहादुर बस्नेतले ‘फर्किने क्रममा एक जनाले डाइपर लगिदिनु भनेर निश्चित रकम दिने सर्तमा पठाएको भन्ने बयान दिएका छन् ।…

सरकारले शक्ति केन्द्रसामु घुँडा टेकेको कांग्रेसको आरोप

२२ असार, काठमाडौँप्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले भारतबाट आयात हुने तरकारी र फलफूलमा विषादी परीक्षण गर्ने काम रोकेर सरकारले शक्ति केन्द्रसामु घुँडा टेकेको आरोप लगाएको छ । प्रतिनिधि सभाको आइतवार बसेको बैठकको शुरूमै सभामुखसँग समय लिएर नेपाली कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाणले सरकारले जनताको जीवनमा खेलबाड गरेको आरोप लगाउनुभएको हो । उहाले विषादी परीक्षण रोक्नेसम्बन्धी निर्णयबारे सदनमा जवाफ माग पनि गर्नुभयो । सरकारले पहिले आम नागरिकलाई विषादीयुक्त खानेकुरा खान दिन्न भन्दा आफूहरुले समर्थन गरे पनि केही दिनमा फेरि जनताको जीवनसँग खेलवाड गर्दै निर्णयबाट पछि हटेको उहाले बताउनुभयो । उहाले संविधान…

छौडा शब्दको प्रवेश अब संसदमा पनि

असार २२, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीका राजनीतिक सल्लाहकार विष्णु पौडेलले प्रयोग गरेका छौडा शब्द संसदमा पनि प्रवेश गरेको छ । आफ्ना विचार ट्वीटर मार्फत ट्वीट गर्ने क्रममा उनले प्रयोग गरेको सो छौडा शब्दको प्रसंग संसदमा प्रवेश गरेको हो । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसको कपिलबस्तुबाट प्रतिनिधित्व गर्ने सांसद अतहर कमाल मुसलमानले आफूले आफ्नो अप्रत्यक्ष रुपमा आफ्नो भनाइ नभई अरु कसैको कसैको ट्वीटको भनाइ राख्न लागेको बताउदै हाल विदेशी या स्वदेशीले ‘छौँडा’ हरु छोडिरहेको बताएका हुन्। प्रसंगलाई जोड्दै उनले तीनै ‘छौँडा’हरु देशमा चलायमान हुँदा राष्ट्रवादको मास्क लगाएको सरकारले देशमा…

बगुवा सेवा समाजको साधारण सभा सम्पन्न ।

काठमाण्डौ भिमसेन थापा गाउपालिका वडा नं. ५ को बगुवा सेवा समाज को आषाढ ू१ गते सनीवार काठमाण्डौ बनस्थली स्थित बिभुती स्कुलको हलमा काठमाण्डौमा रहि विभिन्न पेसा ब्यबसाय संचालन गरी रहेका सयौ बगुवाली हरुको उपस्थितीमा प्रथम साधारण सभा आगामि २ बर्ष को कार्यकाल रहनेगरी ईन्द्र प्रसाद पोखरेलको अध्यक्षतामा १५ सदस्य कार्य समिती निर्माण गदै कार्यक्रम सम्पन्न भएको थियो ई. जगत कुमार श्रेष्ठ , प्रताप राज वन्त, रामहरी श्रेष्ठ , शर्मिला वन्त लगाएत अग्रज हरुको उपस्थितीमा भएको कार्यक्रमा समग्रमा बगुवामा गरीने बिकाश निर्माण र सामाजीक कृयाकलाप लगाएत स्वास्थ क्षेत्रमा समेत बगुवाली हरुको…

नेविसंघका विद्यार्थीको विरोध प्रदर्शन

२२ असार, काठमाडौँ । भारतलगायत तेस्रो मुलुकबाट आउने तरकारी जाँच गर्ने निर्णय सरकारले फिर्ता लिएकोमा आपत्ति जनाउँदै नेवि संघका विद्यार्थीहरुले विरोध प्रदर्शन गरेको छ । विषादीयुक्त तरकारी उत्पादन र बिक्री वितरणमा कडाइका साथ रोक लगाइ जनताको स्वास्थ्यको ख्याल गर्नुपर्नेमा भारतको दवाब भन्दै निर्णय फिर्ता गरिएकोमा विरोधमा उत्रिनु परेको नेवि संघका निबर्तमान महामन्त्री कुन्दनराज काफ्लेले बताउनुभयो । तरकारी र कालो ब्यानर बोकेर प्रदर्शनी मार्ग हुँदै पुतली सडकमा पुगेर कोणसभा गरी सरकारी निर्णयको विरोध गरिएको विद्यार्थी नेताहरुले बताएका छन् । प्रदर्शनका क्रममा विद्यार्थीहरुले ‘जनतालाई विष खुवाउन पाइँदैन’, ‘विषादीयुक्त फलफुल र तरकारीमा कडाइ…