उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मात्रिका यादवले मागे माफी

असार२३, काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मात्रिका यादवले आफूले लिएको निर्णयप्रति क्षमा मागेका छन् । भारतबाट आयात हुने तरकारी तथा फलफूलमा विषादी परीक्षण गर्ने गरेको निर्णयप्रति उनले माफि मागेका हुन् । मन्त्री यादव सोमबार पत्रकार सम्मेलन गर्दै, ‘प्रधानमन्त्री कार्यालय, कृषि र आफ्नै मन्त्रालयका चार सचिवले मलाई डुबाएर, निर्णय गर्ने बेला उनलार्इृ गुमराहमा राखेको आरोप समेत लगाएका छन् । यद्यपि उनले प्रधानमन्त्री वा अरु कसैको पत्र वा दबावमा पनि निर्णय फिर्ता नलिएको स्पष्ट पारेका छन् । मन्त्री यादवले पूर्वाधार नभई निर्णय गर्नु आफ्नो गल्ती भएको भन्दै माफी मागे । सचिवहरुलाई…

अवैध रुपमा नेपाल बस्दै आएका पोल्यान्डका नागरिक पक्राउ

असार २३, पोखरा । अवैध रुपमा नेपाल प्रवेश गरी लुकेर बस्दै आएका पोल्याण्डका नागरिक राकोल मार्किनलाई प्रहरी पक्राउ गरेको छ । मार्किनलाई पर्यटक प्रहरीले आइतबार कास्कीको पोखरा महानगरपालिका–६ लेकसाइडबाट पक्राउ गरेको हो । उनले लेकसाइड, खहरे, पृथ्वीचोकसहितका क्षेत्रमा लागुऔषध सेवन गरी होहल्ला गर्ने गरेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार भारतबाट नेपाल प्रवेश गरेका उनको साथमा पासपोर्ट, भिसासहितका कागजात समेत छैन । तसर्थ उनलाई आवश्यक कारवाहीका लागि अध्ययागनम कार्यालय पोखरामा बुझाइएको छ ।