कुमार पौडेल मृत्यु प्रकरणबारे कुमार पौडेल मृत्यु प्रकरण छानविन बारे नेपाल कम्युनिस्ट पार्टी  को असहमति

असार २४, काठमाडौं । सर्लाहीका संसदीय समिति गठन गर्नुपर्ने विपक्षी दलको मागमा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी  (नेकपा) ले असहमतिपछि संसद बैठक सूचना टाँसेर स्थगित गरिएको  छ । सर्लाहीका कुमार पौडेल मृत्यु प्रकरणबारे छानविन गर्न असहमति जनाएको हो । असहमतिपछि संसद बैठक सूचना टाँसेर स्थगित गरिएको छ । मंगलबार सर्लाही घटनाबारे गृहमन्त्री रामबहादुर थापा बादलले संसदलाई जानकारी गराएका थिए । गृहमन्त्रीले सुरक्षा निकायबाट भएको कमजोरीलाई ढाकछोप गरेको भन्दै दुबै दलले संसदीय छानबिन समिति गठन गर्न माग गरेको छ । सभामुख कृष्णबहादुर महराले भने आफू सकारात्मक रहेको तर सबै दलसँग परामर्श गरेर निर्णय लिने बताएका छन् ।…

परिचय पत्र वितरण गर्ने पहिलो चरणमा प्रधानमन्त्रीलाई पनि राष्ट्रिय परिचय पत्र

असार २४, काठमाडौं । राष्ट्रिय  परिचय पत्र वितरण गर्ने पहिलो चरणको कार्यक्रमअन्तर्गत प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय परिचय पत्र लिएका छन् । राष्ट्रिय परिचय पत्र तथा पञ्जीकरण विभागका महानिर्देशक दीपक काफ्लेले मंगलबार बिहान प्रधानमन्त्री निवासमै एक कार्यक्रमको आयोजना गरी प्रधानमन्त्री ओलीलाई राष्ट्रिय परिचय पत्र प्रदान गरेका हु्न् । उनीसंगै उनका धर्मपत्नि राधिका शाक्यले पनि राष्ट्रिय परिचय पत्र लिएको छ । । त्यसैगरी, विभागले भोलि ९बुधबार० राष्ट्रपति विद्या भण्डारीलाई राष्ट्रिय परिचय पत्र प्रदान गर्ने कार्यक्रम रहेको जानकारी दिएको छ । विभागका महानिर्देशक काफ्लेले १ लाख १७ हजार नागरिकलाई राष्ट्रिय परिचय पत्र वितरण…

भारतबाट आयातित तरकारी तथा फलफूलको गुणस्तर परीक्षणको गर्दै सर्वोच्चमा रिट निवेदन दर्ता

असार २४, काठमाडौं । केहि समययता छलफल र विवादको विषय बन्दै आएको भारतबाट आयातित तरकारी तथा फलफूलको गुणस्तर परीक्षण गर्न माग गर्दै सर्वोच्चमा रिट निवेदन दर्ता भएको छ । विषादीयुक्त तरकारी आयात गर्दा गुणस्तर परीक्षण नगर्ने निर्णयबाट सरकार पछि हटेपछि स्वतन्त्र अभियान नेपालका तर्फबाट अधिवक्ता स्वागत नेपालले सरकारलाई विपक्षी बनाएर रिट दर्ता गरेका हुन् । सरकारले उपभोक्ताको स्वास्थ्यको पनि ख्याल राख्नुपर्ने र सरकारको निर्णय उपभोक्ताको अधिकारविरुद्ध रहेकाले त्यसलाई रोक्न अन्तरिम आदेश जारी हुनुपर्ने माग गरिएको हो । तरकारी र फलफूल भित्रने नाकामा भएमा प्रयोगशाला सञ्चालन गर्नु र नभएको स्थानमा निर्माण…

हङकङलाई हराउदै उपाधि नेपालको हातमा

असार २४, काठमाडौं । एसीसी यु–१९ इन्टर्न रिजन क्रिकेटमा एसीसी यु–१९ इन्टर्न रिजन क्रिकेटमा नेपालले हङकङलाई हराउदै उपाधि आफ्नो हातमा पारेको छ । मलेसियामा भएको खेलमा हङकङलाई ६ विकेटले हराउँदै नेपालले प्रतियोगिताको उपाधि जितेको हो । हङकङले दिएको ९६ रनको लक्ष्य नेपालले १७औं ओभरमा ४ विकेटको क्षतिमा पूरा गरेको थियो । नेपालका लागि ओपनर रित गौतम र पवन सर्राफले पहिलो विकेटका लागि ६।३ ओभरमा ५२ रनको साझेदारी गर्दै नेपाली टोलीलाई उत्साहित बनाएका थिए । रितले पनि १३ रन जोड्दै मोहमद हसन खानको बलमा बोल्ड भएका थिए । अर्का ओपनर पवन…