नियमावलीे मस्यौदामा कांग्रेसको तिव्रता

२९ असार, काठमाडौँ । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले नियमावलीको मस्यौदामाथिको छलफललाई तिव्रता दिएको छ । पार्टी कार्यालय सानेपामा आइतबार बसेको केन्द्रिय कार्यसमिति बैठकमा केन्द्रीय सदस्यहरुले नियमावलीको मस्यौदालाई अनुशासन र आचारसंहितामा लचक बनाउनुपर्ने धारणा राखेका थिए । पार्टीको मूल नीतिविपरीत गएर सार्वजनिक अभिव्यक्ति र लेख लेख्न नपाउने नियमावलीमा प्रस्ताव गरिएको छ । छलफलमा भाग लिँदै केन्द्रीय सदस्यहरुले भ्रातृ तथा शुभेच्छुक संघ–संस्थाहरुलाई छुट्टा–छुट्टैरुपमा महाधिवेशन प्रतिनिधि तोक्न नहुने, सबै सदस्यहरुसँग ‘लेबी’ उठाउनुपर्ने भन्दै नियमावलीको मस्यौदामा व्यापक संशोधन गर्नुपर्ने बताएका छन् । काग्रेस प्रवक्ता विश्वप्रकास शर्माले छलफल नियमावलीमामात्र केन्द्रित रहेको र यसलाई पारित गरेपछिमात्र…

खोलियो कोशी ब्यारेजका ५६ वटै ढोका

असार २९, सुनसरी । – लगातार परेको अत्याधित भारी वर्षाका कारण कोशी ब्यारेजका सबै ढोका खोलिएको छ । तीन दिन अघिदेखि लगातारको वर्षाले पूर्वी पहाडमा बाढी आउँदा सप्तकोशीमा पानीको बहाव उच्च भएपछि कोशी ब्यारेजका ५६ वटै ढोका खोलिएको हो । नदीमा पानीको बहाव केही कम भएको सुनसरीका सहायक प्रमुख जिल्ला अधिकारी चिरञ्जिवी गिरीले जानकारी दिए । उनका अनुसार, अहिले पानीको बहाव दुई लाख ९० हजार क्युसेक रहेको र यसअघि बिहानै गरिएकोमा मापनमा नदीमा पानीको बहाव ५ लाख १७ क्युसेक रहेको थियो । कोशी ब्यारेजका सबै ढोका खोलिएकाले नदीमा जलस्तर कम…