चलचित्र ‘आमा’को शिर्ष कलाकार परिवर्तन

चलचित्र ‘आमा’को छायांकन सुरु भएको केही दिनपछि नै शिर्ष कलाकार परिवर्तन भएको खबर प्राप्त भएको छ । यो चलचित्रको शुभसाइतमा कलाकार सूर्यमाला खनालले आमाको भूमिकामा काम गर्ने घोषणा गरिएको थियो । सूर्यमालाको केही दृश्यको छायांकन समेत भैसकेको थियो । तर, निर्देशक दिपेन्द्र के खनालले कथाले मागे अनुसारको दृश्यमा काम गरिरहेकाले चलचित्रको छायांकन लम्बिने देखिएको छ । यसैले, सूर्यमालाले सहमतमी चलचित्र छाडेको वुझिएको छ । यो बिषयमा निर्देशक खनालले भने–‘हो, उहाँको असोजमा अमेरिका जानुपर्ने भएकाले चलचित्र छाड्नुभयो । मैले चलचित्रका दृश्यमा कुनै पनि संझौता नगरि काम गरिरहेको छु । यसैले, हाम्रो…

फुटबलको जस्तै नियम क्रिकेटमा पनि लागु गर्ने निर्णय

अन्तर्राष्ट्रि क्रिकेट परिषद् आईसीसी ले खेलाडी परिवर्तनका लागि क्रिकेटमा पनि फुटबलको जस्तै नियम लागु गर्ने निर्णय गरेको छ । आईसीसीको हालै लन्डनमा सम्पन्न बैठकले उक्त निर्णय गरेको हो । यसअघि खेलका लागि खेलाडी सार्वजनिक भइसकेपछि त्यसबाहेक अर्को कुनै खेलाडी परिवर्तन गर्न नपाइने नियम थियो । यस नियमले खेलाडीलाई घाइते भएपनि खेल्नै पर्ने बाध्यता थियो । आईसीसीले अब क्रिकेट खेल्दा खेल्दै खेलाडी घाइते भएमा टोलीका १४ सदस्यीय खेलाडीबाट जुनकुनै खेलाडीलाई परिवर्तन गर्न पाउने नियम बनाएको छ । फुटबलका लामो समयदेखि यही नियम छ । यसअघि परिवर्तित खेलाडीले फिल्डरको रुपमा मात्र खेल्न…

आन्दोलनका कारण नेपालगन्ज आयात निर्यात भन्सार ठप्प

नेपालगन्ज भन्सारबाट हुने आयात निर्यात भन्सार एजेन्टको आन्दोलनका कारण ठप्प भएको छ । गत बुधबारदेखि यो भन्सार नाका ठप्प हुँदा दैनिक ४ करोड रुपैयाँसम्म राजस्व गुम्दै गएको छ । विभिन्न माग राख्दै भन्सार एजेन्टले सामान छुटाउन नमानेपछि नेपालगन्ज भन्सार कार्यालयबाट हुने आयात निर्यात ठप्प भएको छ । सामान छुटाउने भन्सार एजेन्ट नै नभएपछि सयौं ढुवानीका साधन नाकामै रोकिएका छन् । सरकारले ल्याएको अनिवार्य भ्याटमा दर्ता हुनुपर्ने प्रावधानको विरोधमा काम बन्द गरेर भन्सार एजेन्ट आन्दोलनमा उत्रिएका हुन् । नाकामा आएका ढुवानीका साधनको कागजी प्रक्रिया पुर्‍याएर मालसामान सम्बन्धित ठाउँमा पुर्‍याउन सहयोग गर्दै आएका भन्सार एजेन्ट…

निर्माण भएको दुई महिनामै रोशी पुल भासियो

काभ्रेपलाञ्चोक पनौती नगरपालिका–१० साल्मिटार र वडा नं ११ बल्थली जोड्ने रोशीखोलाको पुल निर्माण भएको दुई महिनामै साल्मिटारतर्फ भासिएको छ । राष्ट्रिय पुनःनिर्माण प्राधिकरण, जिल्ला कार्यान्वयन एकाइ अनुदान व्यवस्थापन तथा पूर्वाधार कार्यालयमार्फत बन्दना भगवती जेभी नामक निर्माण कम्पनीले उक्त पुल बनाएको हो । रु तीन करोडको लागतमा निर्मित उक्त पुल ३५ दशमलव ६ मिटर लम्बाइको छ । पुल साल्मिटारतर्फ करीब एक फिटसम्म र बल्थलीतर्फ करीब छ इन्च भासिएको छ । पुलको बल्थलीतर्फ दायाँबायाँ राखिएका दर्जन खम्बामध्ये केही भत्केर खोलामा खसेका छन् भने केही पुलसँगै भासिएका छन् । उक्त पुल जेठ महीनामा…

गाडीको जानकारी तपाईकै हातमा भन्‍ने स्लोगनसहित भेइकल ट्राकिङ सफ्टवेयर सार्वजनिक

नेपालमा नै पहिलो पटक काठमाडौँ शास्त्र क्रिएसन प्रालिले विकास गरेको भेइकल ट्राकिङ सफ्टवेयर ‘प्रमिस टु सेक्युर’ सार्वजनिक गरेको छ। दुई वर्षको रिसर्च र डेभलपमेन्ट पश्चात् सफ्टवेयर बजारमा ल्याइएको हो। यो सफ्टवेयर नेपालमा विकास भएको पहिलो फ्लिट म्यानेज्मेन्ट सफ्टवेयर बताइएको छ। अब तपाईंको गाडीको जानकारी तपाईकै हातमा भन्‍ने स्लोगनसहित सुरु गरिएको यो सफ्टवेयर विकास भएको छोटो समयमा नै पाँच सयभन्दा बढी गाडीहरुमा प्रयोग भइसकेको छ। पछिल्लो समय नेपाल सरकारले नै सम्पूर्ण सार्वजनिक यातायात र भन्सारको गाडीहरुमा समेत जिपिएस ट्राकिङ सिस्टम प्रयोग गर्ने सार्वजनिक गरेको हुँदा यो सफ्टवेयरको आवश्यक्ता अझ बढेको कम्पनीको…

विप्लव नेतृत्वको नेकपाका उपत्यका ब्यूरो इन्चार्ज पक्राउ

नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका उपत्यका ब्यूरो इन्चार्ज माइला लामा पक्राउ परेका छन् । सरकारसँग वार्ताको अनौपचारिक पहल भइरहेका बेला प्रहरीले चन्द नेतृत्वको नेकपाका केन्द्रीय सदस्यसमेत रहेका ष्लामालाई काठमाडौंको कोटेश्वर–काँडाघारी क्षेत्रबाट पक्राउ गरेको हो । महानगरीय प्रहरी अपराध महाशाखाका प्रमुख सहकुल थापाले उपत्यकाका विभिन्न स्थानमा भएका बम विस्फोटको घटनामा संलग्न रहेको आरोपमा लामालाई गएराति पक्राउ गरिएको बताए । प्रहरीले लामासँगै चन्द नेतृत्वका समूहका कार्यकर्ता रेशम तामाङलाई पनि पक्राउ गरेको छ । काठमाडौं उपत्यकालगायत ठाउँमा बम विष्फोटको घटनामा निर्देशन दिन लामाको भूमिका रहेको प्रहरीको दाबी छ । राजधानीको विभिन्न ठाउँमा बम…