‘क्लिन फिड’का बिषयमा दर्ता भएको संशोधन फिर्ता लिन आग्रह ; गोकुल बास्कोटा

सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले विज्ञापन क्षेत्रमा ‘क्लिन फिड’ लागू गर्ने कुराबाट कुनै पनि हालतमा पछि हट्न नसकिने बताउनुभयो । सिंहदरबारमा सोमबार बसेको प्रतिनिधिसभा अन्तर्गतको बिकास तथा प्रविधि समितिको बैठकमा ‘विज्ञापन नियमन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’माथिको छलफलमा भाग लिदै बास्कोटाले बिधेयकको मर्म नै हटाउने पक्षमा सरकार नरहेको बताउनुभएको हो । उहाले ‘क्लिन फिड’का बिषयमा दर्ता भएको संशोधन फिर्ता लिन आग्रह समेत गर्नुभयो । राष्ट्रको हितलाइ दृष्टिगत गरी सरकारले उक्त बिधेयक अघि सारेको भन्दै उहाले यसबाट क्लिन फिडको प्रावधान हटाउन नसकिने स्पष्ट पार्नुभयो । बिधेयकमा रहेको ‘क्लिन फिड’…

प्रितम र आयुषले प्रधानमन्त्रीलाई सुनाए ‘सारेगमप लिटिल च्याम्पको अनुभव

भारतीय टेलिभिजनको चर्चित रियालिटी शो ‘सारेगमप लिटिल च्याम्प’मा तेस्रो भएका प्रितम आचार्य र चौथो आयुष केसीले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गरेका छन् । आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा पुगेर उनीहरुले प्रधानमन्त्री ओलीसँग भेट गरेका हुन् । भेटमा उनीहरुले प्रधानमन्त्रीलाई रियालिटी शो अनुभव समेत सुनाएका थिए । राष्ट्रियसभाकी सांसद कोमल ओली, चलचित्र निर्देशक तथा कलाकार दिनेश डिसी लगायतको एक टोलीसहित करिव दिनको ११ बजे बालुवाटार पुगेको प्रितम र आयुषले प्रधानमन्त्री ओलीसँग करिब एकघन्टा विताएका थिए । भेटमा प्रधानमन्त्रीले बालगायकद्वयलाई राम्रोसँग पढ्न र राष्ट्रको लागि केही गर्न सुझाएको टोलीमा सहभागी कलाकार तथा…

पारस खड्को कप्तानीमा नेपाली टोली, एसिया क्षेत्रको छनौटको तयारीमा

ट्वेन्टी–ट्वेन्टी विश्वकप क्रिकेटको एसिया क्षेत्रको छनौटको तयारीमा पारस खड्काको कप्तानीमा रहेको नेपाली टोली मलेसियामा अभ्यास सकेर हाल सिंगापुरमा रहेको छ । पाँच देशको सहभागिता रहेको छनौट प्रतिस्पर्धा सोमबारदेखि सिंगापुरमा सुरु हुँदैछ । नेपाली टोलीले भने मंगलबार आफ्नो पहिलो खेल खेल्नेछ । नेपालले मंगलबार कतारसँग प्रतिस्पर्धा गर्ने छ । सोमबार उद्घाटन खेलमा आयोजक सिंगापुरले कतारको सामना गर्नेछ । नेपाली टोलीका कप्तान पारस खड्काले प्रतियोगिता सुरु हुनु पूर्व आइतबार आयोजित पत्रकार सम्मेलनमा दर्शकको समर्थन आफूहरुका लागि बलियो पक्ष रहेको बताएका छन् । नेपाली समर्थकले आफूहरुले जहाँ गएर खेले पनि उस्तै समर्थन रहने…

धारीलो हतियार प्रयोग गरि छोराले गरे बावुको हत्या

  घोडाघोडी नगरपालिका–११ सिसैयाको कैलालीमा धारीलो हतियार प्रयोग गरि छोराले आफ्नै बुवाको हत्या गरेका छन् । ५५ वर्षकी छोरा उदे रावतले आइतबार राति धारिलो हतियार हसिया प्रहार गर्दा आफ्नै बुवा ७५ वर्षीय काल्चे रावतको मृत्यु भएको घोडाघोडी नगरपालिका वडा नं ११ का वडाध्यक्ष दान सिंह जोगीले जानकारी दिए । घटनामा परी मृतक रावतकी श्रीमती नन्दे रावत गम्भीर घाइते भएकी छन् । उनलाई थप उपचारका लागि नेपालगञ्ज रेफर गरिएको ईलाका प्रहरी कार्यालय सुखडका प्रहरी निरीक्षक यक्ष राज जोशीले जानकारी दिए । जोशीका अनुसार घरायसी विवादका कारण छोराले आफ्नै बुवा माथि धारिलो…

साउनको पहिलो सोमबार काठमाडौंको शिव मन्दिरमा भक्तजनको घुइँचो

साउनको पहिलो सोमबार आज काठमाडौंको पशुपतिनाथलगायत देशभरका शिव मन्दिरमा भक्तजनको घुइँचो लागेको छ । साउन महिनाको सोमबार विशेष गरी महिलाहरु ब्रत बस्ने गर्दछन् । सोमबारलाई भगवान शिवको लोकप्रिय बारको रुपमा समेत लिने गरिन्छ । सोही कारण यो दिन शिवालयमा पूजा, दर्शन एवं जल चढाउने परम्परा छ । साउन महिनामा पवित्र नदी, ताल आदिबाट जल लगेर शिवालयमा चढाउन बोलबम यात्रा पनि हुने गर्छ । साउनको सोमबार व्रत बसी भगवान शिवको उपासना गरेमा पारिवारिक कल्याण, सुख, शान्ति एवं मनोकांक्षा पूरा हुने धार्मिक विश्वास रही आएको छ ।

बस र माइक्रो आपसमा ठोक्किँदा १२ घाइते

पृथ्वी राजमार्गअन्तर्गत धादिङको थाक्रेमा बस र माइक्रो आपसमा ठोक्किँदा १२ जना घाइते भएका छन् । काठमाडौंबाट चितवन जाँदै गरेको लु२ख २१३४ नम्बरको बस र चितवनबाट काठमाडौं आउँदै गरेको बा५ख २१५१ नम्बरको माईक्रो थाक्रे गाउँपालिका–१ खयरघारीमा आपसमा ठोक्किएका हुन् । दुर्घटनामा घाइते भएकाहरुलाई उद्दार गरी उपचारका लागि काठमाडौं पठाइएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी उपरीक्षक राजकुमार वैदवारले जानकारी दिए । बसले माइक्रोलाई ठक्कर दिएपछि माइक्रो महेश खोलामा खसेको छ ।

रामजानकी मन्दिर नजिक भारतीय नागरिकको घाँटी रेटी हत्या

आज बिहान सुनसरीको देवानगञ्ज गाउँपालिका–२ बजार क्षेत्रमा रहेको रामजानकी मन्दिर नजिक घाँटी रेटी एक भारतीय नागरिकको हत्या गरिएको छ । भारत अररीया जिल्ला मानिकपुर घर भएका करीब ४० वर्षीय बिलु यादवको घाँटी रेटी हत्या गरिएको सुनसरीका प्रहरी नायब उपरीक्षक ज्ञानेन्द्रप्रसाद फुयालले जानकारी दिए । यादवको देवानगञ्ज गाउँपालिका–२ का महानन्द मेहताले धरिलो हतियार दविया प्रहार गरेर हत्या गरेको सुनसरीका प्रहरी नायब उपरीक्षक फुयालले बताए । हत्या गर्ने मेहता जिल्ला प्रहरी कार्यालय सुनसरीको नियन्त्रणमा रहेका छन् । घटनाको विषयमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।