छवि र शिल्पा विरुद्ध बहुबिवाहको जाहेरी दर्ता

नायिका शिल्पा पोखरेल र चलचित्र निर्माता छविराज ओझाविरुद्ध बुधबार अदालतले पक्राउ पुर्जी जारी गरेको छ। काठमाडौं प्रहरी परिसरमा बहुबिवाहको जाहेरी दर्ता भएपछि काठमाडौं जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेको हो। अब प्रहरीले पक्राउ गरी आवश्यक अनुसन्धान अगाडि बढाउने काठमाडौँ प्रहरी प्रवक्ता होबिन्द्र बोगटीले जानकारी गराएका हुन्। छविकी जेठी श्रीमतीले बहुविवाहको मुद्धा दर्ता गराएकी हुन्। छविकी चौथो पत्नी हुन् शिल्पा। तीन वर्षअघिदेखि सँगै रहेका छवि र शिल्पाले केही महिना अघि विवाह दर्ता गरेका थिए। केही साता अघि आफूलाई छविले घरेलु हिंसा गरेको भन्दै शिल्पा प्रहरीमा उजुरी गर्न पुगेपछि यो जोडी विवादमा…

ट्रेड युनियनद्धरा बाढि पिडितका लागि रु १० लाख हस्तान्तरण

  प्रशासनलाई स्वच्छ र पारदर्शी बनाउन कर्मचारीको सहयोग आवश्यक रहेको बताउनुभएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार बिहान निजामती कर्मचारीको आधिकारिक ट्रेड युनियनले बाढि पहिलो पिडितका लागी प्रदान गरेको रु १० लाखको चेक ग्रहण गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताउनुभएको हो । उहाल कर्मचारी सेवामुखी भए भने जनतामा सरकारप्रति सकारात्मक सन्देश जाने विश्वास व्यक्त गर्नुभयो । प्रधानमन्त्री ओलीले कर्मचारीले सरकारलाई सहयोग गरेन भनेर भ्रम छर्ने कामसमेत भइरहेको बताउनुभयो । सरकारलाई कसरी अलोकप्रिय बनाउन सकिन्छ भनी केहीले सरकारले आधिकारिक टे«ड युनियन बन्द गर्न खोजेको उहाको भनाई छ । उहाँले कर्मचारीतन्त्र प्रभावकारी, स्वच्छ…

गुल्मीमा पहिरोको कारण ६ सय घरपरिवार विस्थापित, दुई सय घर जोखिममा

गुल्मीको सत्यवतीमा गएको पहिरोका कारण करिब ६ सय घरपरिवार विस्थापित भएका छन् । उनीहरुलाई सुरक्षित स्थानमा सारिएको छ । सत्यवती गाउँपालिका वडा नम्बर ३ ठूलो लुम्पेकको सिङ्दी गाउँ नै पहिरोको उच्च जोखिममा रहेकाले करिब ४ सयजनालाई स्थानीय धर्मपूर मावि र अस्लेवाका सुरक्षित स्थानमा सारिएको वडाध्यक्ष रुकबहादुर रानाले बताए । वडा नम्बर ४ को लिम्घामा दुई सय घरपरिवार जोखिममा रहेपछि स्थानीय सरस्वती माविमा सारिएको वडाध्यक्ष दानबहादुर रानाले बताए । सिङ्दीको सिद्ध आधारभूत विद्यालय बगाएपछि विद्यालय आसपासका बासिन्दा पनि अन्यत्रै गएका छन् । विद्यालयका शिक्षक दुर्गा तरामुले विद्यालयको भवन, नजिकका घर र…

एक महिना देखि फरार आमाछोरी लुट्ने २ लुटेरा पक्राउ

आमाछोरीलाई लुटपाट गरी फरार भएका दुई जनालाई प्रहरीले एक महीनापछि काठमाडौँबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा पुथा उत्तरगङ्गा गाउँपालिका–१ मैकोटका २७ वर्षीय अमर पुन र उदयपुरको रौता–७ ख्याटुङका २० वर्षीय लक्ष्मण मगर रहेका छन् । दुवै जनालाई काठमाडौँको तारकेश्वरबाट पक्राउ गरिएको हो । उनीहरुलाई आज यहाँ पत्रकार सम्मेलन गरी सार्वजनिक गरियो । रुकुमपूर्वका प्रहरी नायब उपरीक्षक योगेन्द्रकुमार खड्काका अनुसार उनीहरुको साथबाट तीन थान मोबाइल, कानको सुनको जुली तथा स्काई, एनसेल र नेपाल टेलिकमका सिमकार्ड बरामद गरिएको छ । पुन र मगरले पुथा उत्तरगङ्गा गाउँपालिका–१ मैकोटकी जुनकुमारी पुन र उहाँकी…

मलेसियाले नेपाललाई राख्यो ८४ रनको लक्ष्य

छनोट अन्तर्गतको एसिया फाइनलको दोस्रो खेलमा मलेसियाले नेपाललाई जितका लागि ८४ रनको लक्ष्य दिएको छ । ईण्डियन एसोसियसन क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको मलेसियाले ९ ओभरको खेलमा ७ विकेट गुमाउदै ८३ रन बनाएको हो । नेपालका लागि सोमपाल कामीले ३ बसन्त रेग्मीले २ तथा सन्दीप लामिछाने र करन केसीले एकरएक विकेट लिए । सोमपालले पहिलो ओभरमै दुई विकेट लिएका हुन् । वर्षाले प्रभावित बनेको खेल ९ ओभरमा झारिएको हो । चोटका कारण मलेसियाविरुद्ध नेपाली टिमका कप्तान पारस खड्का टिममा छैनन् । मंगलबार कतारविरुद्वको खेलमा उनी चोटिल बनेका थिए…

देशभर मनसुनी वर्षा पुन सक्रिय रहने, जल तथा मौसको पूर्वानुमान

मनसुनी न्यून चापीय रेखा तराई क्षेत्र नजिकै रहेकाले देशभर मनसुनी वर्षा पुनः सक्रिय देखिएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अहिले पनि मुलुकका केही ठाउँमा भारी वर्षा भइरहेको छ । बंगालको खाडीबाट प्रवेश गरेको जलवाष्पयुक्त हावा र स्थानीय वायुको प्रभावका कारण पूर्व र मध्यका अधिकांश साथै पश्चिमका केही स्थानमा वर्षा हुने सम्भावना रहेको महाशाखाले जनाएको छ । पश्चिमी दाङसहितका केही स्थानमा गएरातिदेखि नै भारी वर्षा भइरहेको छ । जसले गर्दा पश्चिम राप्ती र बबई नदीमा जल सतह बढ्दो क्रममा रहेको जिल्ला आपतकालीन कार्य सञ्चालन केन्द्रले जनाएको छ ।…