निर्मला हत्याकाण्ड को १ बर्ष बिरोधमा दीप प्रज्वलन

काठमाडौँ – निर्मला पन्तको आत्माको चीर शान्तिको कामना गर्दै नेपाली कांग्रेसको भातृ संस्था ने वि संघको प्राविधिक विद्यार्थी परिषद् (फोट्स)ले आज माइतिघर मण्डलामा दीप प्रज्वलन कार्यक्रम गरेको छ । कञ्चनपुरकी स्थानीय वासिन्दा बालिका निर्मला पन्तको गत वर्ष साउन १० गते बलात्कारपछि हत्या भएको थियो । सोहि कारण आज १ वर्ष पुगेको अवसर पारेर दीप प्रज्वलन गरिएको फोट्सका अध्यक्ष सुवाश घिमिरेले बताए । कार्यक्रम ने वि संघका निवर्तमान महामन्त्री कुन्दन राज काफ्लेको प्रमुख आतिथ्मा सम्पन्न भएको थियो । कार्यक्रममा महिलासंघकी महासचिव धना खतिवडा विद्यार्थी नेताहरु राम प्र. अधिकारी , बलदेव तिमल्सिना…

नेपाल विद्यार्थी संघले निर्मलाई न्याय भन्दै प्रर्दशनमा

कञ्चनपुरकी निर्मला पन्तको बलात्कारपछि हत्या भएको आज एक वर्ष पुरा भएको छ । हत्या भएको एक वर्ष पुरा हुदा सम्म न्याय नपाएको भन्दैनेपाल विद्यार्थी संघले निर्मलालाई न्याय भन्दै राजधानीमा प्रर्दशन गरेको छ । एक वर्ष सम्म पनि सरकारले दोषी पत्ता लगाउन नसकेको भन्दै नेविसंघले शुक्रबार राजधानीको माइतीघर मण्डलामा प्रर्दशन गरेको हो । ‘निर्मलाले न्याय कहिले पाउँछिन् सरकार’ लेखिएको प्ले कार्ड बोकेका प्रर्दशनकारीले निर्मलाका हत्यारालाई पत्ता लगाउन नसकेको भन्दै गृहमन्त्री राम बहादुर थापाविरुद्ध नाराबाजी गरेका थिए । निर्मला हत्याको एक वर्ष भइसक्दा पनि घटनामा संलग्न दोषी पत्ता लगाउन नसक्दा सरकारको आलोचना…

पूर्वमिस नेपाल शृंखला युरोपको हिमाल मोन ब्ला पुगिन

पूर्वमिस नेपाल शृंखला खतिवडाले युरोपको सर्वाधिक अग्लो हिमाल मोन ब्ला आरोहण गरेकी छन्। खतिवडाले बुधबार उक्त पर्वत आरोहण गरेर दुवै देशको झण्डा गाडेकी काठमाडौँस्थित फ्रान्सेली दूतावासले जनाएको छ। फ्रान्स र इटालीको सीमा क्षेत्रमा पर्ने मोन ब्ला हिमालको उचाइ ४ हजार ८ सय १० मिटर छ। नेपालसँग दौत्य सम्बन्धको ७०औँ वर्षगाँठ मनाउने क्रममा फ्रान्सको निमन्त्रणामा खतिवडा त्यहाँ गएकी थिइन् । फ्रान्सका लागि नेपालको सद्भावना दूत बनेर युरोप पुगेकी खतिवडाले पर्यटकलाई नेपाल जान सन्देश दिँदै साइकल यात्रासमेत गरेको दूतावासले जनाएको छ।

कुवेतविरुद्ध कप्तान पारस खड्का मैदान उत्रने भए

कुवेतविरुद्धको टिममा नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान पारस खड्का मैदान उत्रने भएका छन् । चोटका कारण मलेसिया विरुद्धको खेल गुमाएका नेपाली खड्काले आफू पूर्ण रुपमा फिट भएकोले कुवेत विरुद्धको खेलमा मैदानमा उत्रने बताएका हुन् । कतार विरुद्धको खेलमा ब्याटिङका क्रममा पारस चोटिल भएका थिए । आईसीसी टी–ट्वान्टी विश्वकप छनोट अन्तर्गतको एसिया फाइनलका लागि नेपालले शनिबार कुवेतसँग खेल्दैछ । पिचको कन्डिसन हेरेर खेलको योजना बनाउने पारसले बताए ।

३ सय शरणार्थी सवार पानीजहाज लिबियामा डुब्दा १५० को मृत्यु भएको आशंका

लिबियाको तटीय क्षेत्रमा करिब ३ सय शरणार्थी सवार पानीजहाज डुबेको छ । खचाखच भरिएको पानीजहाज डुब्दा भएको मानवीय क्षतिबारे यकिन तथ्यांक नआइसके पनि कम्तीमा १ सय ५० जनाको ज्यान गएको हुनसक्ने अनुमान गरिएको छ । संयुक्त राष्ट्र संघीय शरणार्थी नियोगले शरणार्थी सवार पानीजहाज डुबेको उल्लेख गर्दै कम्तीमा १५० जनाको ज्यान गएको हुनसक्ने जनाएको छ । यद्यपि, तटरक्षकहरूले अहिलेसम्म १ जनाको मात्रै शव निकालेका छन् । जहाजमा डुबेका १५० जनाको उद्धार भएको छ । माछा मारिरहेका तटीय क्षेत्रका स्थानीयले उनीहरूको ज्यान जोगाइदिएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन् । जहाज लिबियाको राजधानी…