नदीले नौ दिनअघि बगाएको एक व्यक्तिको बेपत्ता शव फेला

जिल्लाको पश्चिम ढोरपाटन नगरपालिका–९ स्थित उत्तरगंगा नदीले नौ दिनअघि बगाउँदा बेपत्ता भएका सेते बिकको शव शुक्रबार भेटिएको छ । गत साउन ८ गते नविगाउँदेखि स्यालपाखे जाने क्रममा स्थानीय ५४ वर्षीय नर बहादुर बिक र २२ वर्षीय सेते बिकलाई नदीले बगाएको थियो । दुई जनामध्ये नर बहादुरको शव नदीले बगाएको करिब तीन सय मिटर तल सोही दिन फेला पारेको थियो । यस्तै, सेते बेपत्ता थिए । घटना लगत्तै स्थानीयबासी, प्रहरी चौकी ढोरपाटन र शक्रुमर्जन गुल्म ढोरपाटनको टोलीले नदी वरपर खोज्ने क्रममा उनको शव भेटिएको हो । प्रहरी चौकी ढोरपाटनका प्रहरी सहायक…

काभ्रेका विभिन्न ठाउँबाट टिपरसगँ घुस लिने ५ जना ट्राफिक प्रहरी पक्राउ

मेलम्चीबाट काठमाडौंतर्फ बालुवा लिई आउने टिपरबाट घुस लिने ५ जना ट्राफिक प्रहरीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काभ्रेका विभिन्न तीन ठाउँबाट पक्राउ गरेको छ । काभ्रेको हिगुवापाटी, पाँचखाल र बनेपामा कार्यरत ट्राफिक प्रहरी टिपरसँग घुसबापत २र२ हजार रुपैयाँ लिएको अवस्थामा पक्राउ परेका हुन् । हिगुवापाटी ट्राफिक पोस्टमा कार्यरत प्रहरी जवान तेजप्रसाद भट्टराई, पाँचखालमा कार्यरत प्रहरी हवल्दार भक्तबहादुर हायु र प्रहरी जवान ज्ञानबहादुर लामगादे र बनेपा ट्राफिक पोस्टमा कार्यरत हरिचन्द्र बानियाँ र प्रहरी हवल्दार रामहरि मानन्धर पक्राउ परेका अख्तियारले जनाएको छ । बालुवा लिएर आउने टिपरसँग विभिन्न बाहना बनाई उनीहरुले घुस लिने…

फिफा अवार्ड २०१९को मनोनयन उत्कृष्ट १० मा मेस्सी र रोनाल्डो

सार्वजनिक भएको छ । लियोनल मेस्सी र क्रिष्टियानो रोनाल्डो दुवै जना उत्कृष्ट १० मा परेका छन् । तर दाबेदार मानिएका क्रोएशियाका लुका मोड्रिच र ब्राजिलका नेइमार उत्कृष्ट १० मा अटाएका छैनन् । फिफाले महिला र पुरुष दुवैको अन्तिम १० मनोनयन घोषणा गरेको हो । पुरुषतर्फ लिभरपुलका तीन जना खेलाडी डच डिफेन्डर भर्जिल म्यान डाइक, सेनेगलका फरवार्ड साडियो माने र इजिप्टका फरवार्ड मोहमद सलाह परेका छन् । यस्तै टोटनह्यामका इंग्लिस फरवार्ड ह्यारी केन पनि मनोनयनमा छन् । नेदरल्याण्ड्सका अरु दुई खेलाडी पनि मनोनयनमा परेका छन् । माथियास डि लाइट र फ्रेङ्की…

बलिउड अभिनेत्री दीया मिर्जाले ११ वर्षको वैवाहिक जीवनमा लगाइन पुर्णविराम

बलिउड अभिनेत्री दीया मिर्जा र उनका श्रीमान् साहिल संघाले आफ्नो ११ वर्ष लामो वैवाहिक जीवनलाई टुङ्ग्याएका छन् । उनीहरुबीच सम्बन्धविच्छेद भएपछि वैवाहिक जीवनमा विराम लागेको हो। दीया मिर्जा तथा साहिलले सामाजिक सञ्जालमार्फत वैवाहिक जीवन टुंगिएको घोषणा गरेका छन् । दीयाले आफ्नो सामाजिक संजालमार्फत साहिल र आफ्नो परिवारलाई धन्यवाद दिएकी छिन्। विवाह गरेको यत्तिका वर्षहरुमा कहिले पनि यो जोडीको सम्बन्ध बिग्रिएको खबर सार्वजनिक भएको थिएन । तर एकाएक डिभोर्सको घोषणा भएपछि समर्थक अचम्मित बनेका छन् ।

नख्खु कारागारमा जेल जीवन बिताइरहेका एक व्यक्तिको झडपमा परी मृत्यु

    कैदीबन्दीबीच ललितपुरको नख्खु कारागारमा झडप हुँदा एक जनाको मृत्यु भएको छ । शुक्रबार दिउँसो भएको झडपमा परी जेल जीवन बिताइरहेका पूर्ण बहादुर राजीको मृत्यु भएको प्रहरीले जनाएको छ। झडपपछि गम्भीर घाइते रहेका उनलाई उपचारका लागि वीर अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको हो। प्रहरीका अनुसार पूर्णबहादुर करणी मुद्दाका दोषी हुन्। उनलाई ज्यान मुद्दाका कैदी पवनकुमार महतोले इँटाले टाउकोमा प्रहार गरेको महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रवक्ता एसएसपी श्याम ज्ञवालीले जानकारी दिए।ज्ञवालीले भने राजीलाई उपचारका लागि वीर अस्पताल ल्याइरहेको र अवस्था गम्भीर रहेको जानकारी दिए।

पार्किङमा रहेको बसको छतमा सडेको अवस्थामा एक युवकको शव फेला

बुटवलको नयाँ बसपार्कमा बसको छतमा शव फेला परेको छ । गुल्मी चन्द्रकोट ठेगाना भएका अन्दाजी ३५ वर्षका दीपक थापाको शव लु१६१३७ नंम्बरको बसको छतमा भेटिएको हो । पार्किङ गरिराखेको बसको छतमा आंशिक सडेको अवस्थामा शव फेला परेको प्रहरीले जानकारी दिएको छ । शवलाई पोष्टमार्टमका लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा पुर्‍याइएको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायब उपरीक्षक भीमलाल भट्टराईले बताए । मृतक थापा बसपार्कमा यात्रुहरुलाई बोलाएर बसमा चढाउन सघाउने काम गर्दै आएका व्यक्ति भएको प्रहरीले बताएको छ । घटनाका थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।