ललितानिवास जग्गा प्रकरणमा अनुशन्धानको काम भैरहेको पद्य्मा अर्यालको दाबी

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्य्मा अर्यालले बालुवाटारको ललितानिवास जग्गा प्रकरणमा तीन वटा निकायबाट छानबिन तथा अनुशन्धानको काम भैरहेकोले सरकारले यो प्रकरणलाई ओझेलमा नपार्ने दाबी गर्नुभएको छ । बुधबार रिपोर्टर्स क्लब नेपालले बुधबार काठमाडौंमा आयोजना गरेको साक्षात्कारमा बोल्दै मन्त्री अर्यालले उक्त जग्गा प्रकरणबारे आजपनि काम भैरहेको जानकारी दिनुभयो । उहाले यो प्रकरणमा कारबाहीको लागि केही ढिलाई भएपनि दोषीहरु नउम्किने दाबी गर्नुभयो । मन्त्री अर्यालले नेपालका सिमा स्तम्भको बारेमा जसरी बाहिर हल्ला आएको छ त्यस्तो अवस्था भने अहिले नरहेको बताउनुभयो । मन्त्री अर्यालले सरकारले भुमिको समुचित उपयोग र व्यवस्थापन गर्नेगरि…

बोनम्यारोमा संक्रमण भएकी पाँच वर्षीया बालिकालाई सहयोगको अपिल

बोनम्यारोमा संक्रमण भएर उपचाररत पाँच वर्षीया मियुङ्ग पुन मगरलाई सहयोगको अपिल गरिएको छ । बुधबार काठमाडौं पत्रकार सम्मेलन गरी मगरको परिवार र आफन्तले सहयोगको अपिल गरेका हुन् । रोल्पा जिल्ला थवाङ गाउँपालिका वडा नं. ५ जीवन पुन र उषा पुन मगरकी पाँच वर्षीया छोरी मियुङ्ग पुन मगर लामो समय देखि बोनम्यारो रागबाट पिडित छिन् । कार्यक्रममा उपस्थित भएकी मियुङ्ग पुन मगरले आफू बाँच्न चाहेको बताइन् । मगर संघका अध्यक्ष समेत रहेका आदिवासी जनजाति संघका कार्यवाहक अध्यक्ष नवीन रोक्का मगरले मियुङ्ग पुन मगरको जीवन रक्षाका लागि सबैलाई आ आफ्नो ठाउँबाट सहयोगको…

वेष्ट इन्डिज विरुद्धको खेलमा श्रृंखला भारतको क्लिन–स्विप

वेष्ट इन्डिज विरुद्धको तीन वटा ट्वेन्टी ट्वेन्टी क्रिकेट खेलको श्रृंखला भारतले क्लिन–स्विप गरेको छ । गएराति भएको तेस्रो तथा अन्तिम खेल सात विकेटले जित्दै भारतले श्रृंखला क्लिनस्विप गरेको हो टस हारेर पहिले ब्याटिङ गरेको वेष्ट इन्डिजले २० ओभरमा ६ विकेट गुमाएर एक सय ४६ रन बनायो । उसका लागि कायरन पोलार्डले सर्वाधिक ५८ रन जोडे । बलिङतर्फ भारतका दिपक चाहरले तीन विकेट लिए । जवाफमा १ सय ४७ रनको लक्ष्य भारतले १९ ओभर एक बलमा ३ विकेट गुमाएर पुरा गर्‍यो । भारतको जितमा रिसभ पन्तको ६५ रन तथा विराट कोहलीको…

भारतकी पूर्व विदेशमन्त्री सुषमा स्वराजको निधान

भारतकी पूर्व विदेशमन्त्री तथा भारतीय जनता पार्टी भाजपा की वरिष्ठ नेता सुषमा स्वराजको निधान कार्डिएक अरेस्टका कारण भएको हो । उनको मंगलबार राति दिल्ली स्थित एम्स अस्पतालमा निधन भएको हो । कार्डिएक अरेस्ट हुने बित्तिकै उनलाई अस्पताल लगिएको भए पनि डाक्टरले बचाउन सकेनन् । प्रधानमन्त्री नरेन्द्र मोदी, गृहमन्त्री तथा भाजपा अध्यक्ष अमित शाह, भारतीय कांग्रेस तथा कांग्रेस नेता राहुल गान्धीसहितको उनको निधनमा दुःख व्यक्त गरेका छन् । राहुल गान्धीले स्वराज एक कुशल राजनीतिज्ञ र प्रखर वक्ता रहेको बताएका छन् । सुषमाको बुधबार अपराहन्न अन्तिम संस्कार गर्ने तयारी छ । त्यसअघि…

नगरपालिकाको कार्यालय सार्ने विषयमा मेयर र उपमेयरबीच झडप

हंसपुर नगरपालिकाको कार्यालय सार्ने विषयमा मेयर र उपमेयरबीचको विवाद झडपमा परिणत हुँदा उपमेयरसहित पाँचजना घाइते भएका छन्। घाइते हुनेमा उपमेयर रेणु झा, वडा नं। २ का वडाध्यक्ष उदय साह, स्थानीय तपेश्वर मण्डल, फेकन कापड र पुण्य खत्री छन्। उनीहरूलाई उपचारका लागि जनकपुर अञ्चल अस्पताल ल्याइएको छ। अहिले नगरपालिकाको कार्यालय बघचौडामा छ। तर, मेयर मण्डलले हंसपुर चोकमा कार्यालय सार्न प्रयास गरिरहेका छन्। मेयरको निर्देशनपछि बघचौडा कार्यालयमा रहेका सामग्री सार्न आएका गाडीलाई उपमेयरको नेतृत्वमा रहेको समूहले रोकेको थियो। त्यसपछि सुरु भएको विवादले झडपको रूप लियो। विवाद साम्य पार्न प्रहरीले लाठीचार्जसमेत गर्नुपरेको थियो।…

सुविसु इन्टरनेटको कार्यालयमा आगलागी, नेपाली सेना तथा स्थानीय बासिन्दा आगो निभाउन प्रयासरत

बालुवाटारको सुविसु इन्टरनेटको कार्यालयमा आगलागी भएको छ। आगलागीको कारण खुल्न सकेको छैन। सुबिसु केबुलको पेट्रोल स्टोर गरेको ट्यांकरबाट आगलागी भएको प्रहरीले जनाएको छ । अहिले पाँचवटा दमकलसहित प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेना तथा स्थानीय बासिन्दा आगो निभाउन प्रयासरत छन् । दिउँसो पौने १ बजे आगलागी सुरु भएको प्रत्यक्षदर्शीले बताएका छन्। पुरानो घरमा आगलागी भएको हो । आगलागी भएको घरमा मानिस थिए या थिएनन् वा भएको भए उनीहरुको अवस्था के छ भन्ने थाहा भएको छैन ।

सुनको मूल्य उकालो लाग्ने क्रम बढ्दै, ६९ हजार पाँच सय रुपैयाँमा कारोबार

सुनको मूल्य उकालो लाग्ने क्रम अझै रोकिएको छैन। मंगलबार ६८ हजार रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य बुधबार एक हजार पाँच सय रुपैयाँले बढेर ६९ हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको छ। यो अहिलेसम्मकै उच्च मूल्य हो । यस्तै तेजाबी सुनको मूल्य तोलामा एक हजार पाँच सय रुपैयाँले बढेर ६९ हजार दुई सय रुपैयाँमा कारोबार भइरहेको छ। चाँदीको मूल्य तोलामा १५ रुपैयाँले बढेर आठ सय १० रुपैयाँमा कारोबार भइरहेको छ।

गर्भवती बुहारीको घाँटी थिची हत्या, हत्याको आरोपमा सासु ससुरा पक्राउ

गर्भवती बुहारीको घाँटी थिचेर हत्या गरेको आरोपमा प्रहरीले सासु र ससुरालाई नियन्त्रणमा लिएको छ । सप्तरीको अग्नीसाइर कृष्णसवरण गाउँपालिका–३ कि गर्भवती १९ वर्षीया रञ्जुदेवी यादवको हत्याको आरोपमा उनकी सासु ४५ वर्षीया लीलादेवी यादव र ससुरा ५५ वर्षीय महेन्द्र यादवलाई पक्राउ गरेको सप्तरी प्रहरीले जनाएको छ । आरोपितहरुले घाँटी थिचेर हत्या गरेको आरोपमा पक्राउ गरी कर्तव्य ज्यानको उजुरी दर्ता गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरीक्षक भावेश रिमालले बताए । राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा साउन ५ गते राति ल्याउँदा पीडितको मृत्यु भइसकेको थियो । मृतकको घाँटीमा डोरीको निलडाम र शरीरमा…