काग्रेस केन्द्रिय कार्यसमिति बैठक बुधबार बस्दै

      प्रमुख प्रतिपक्षी नेपाली काग्रेसले उपनिर्वाचनको तयारी गर्ने निर्णय गरेको छ । पार्टी कार्यालय सानेपामा बुधबार बसेको काग्रेस केन्द्रिय कार्यसमिति बैठकले मंसिर १४ गते हुने उपनिर्वाचनका बारेमा छलफल गर्दै यसको तयारीमा जुट्ने निर्णय गरेको हो । बैठकमा उपनिर्वाचनका बारेमा निर्वाचन आयोगमा भएको छलफलका बारेमा प्रतिनिधिहरुले जानकारी गराएको केन्द्रिय सदस्य प्रदीप पौडेलले जानकारी दिनुभयो । त्यस्तै बैठकमा अनुशासन समितिको प्रतिवेदन प्रस्तुत गरिएको छ । समितिका संयोजक भिष्मराज आङ्दाङबे उक्त प्रतिवेदन पेश गर्नुभएको र त्यसमाथि केन्द्रिय सदस्यहरुले धारणा राखेको पौडेलले जानकारी दिनुभयो । अनुशासन समितिको प्रतिवेदनमाथिको छलफल सकिएपछि अर्को बैठकमा…

स्नाइडरले अन्तर्राष्ट्रिय खेलजीवनबाट लिए संन्यास

      विश्वकप फुटबलको फाइनलसम्म र्पुयाउन सफल विस्ले स्नाइडरले अन्तर्राष्ट्रिय खेलजीवनबाट सोमबार संन्यासको घोषणा गरेका छन् । सन् २०१० मा दक्षिण अफ्रिकामा सम्पन्न विश्वकपमा नेदरल्यान्ड्सलाई फाइनलसम्म र्पुयाउन योगदान दिएका स्नाइडरले अन्तर्राष्ट्रिय फुटबलबाट संन्यासको घोषणा गरेका हुन्। ३५ वर्षे स्नाइडरले १७ वर्षे अन्तर्राष्ट्रिय फुटबल करियरलाई बिट मारेका छन्। उनले नेदरल्यान्ड्सको घरेलु क्लब युट्रेच्टको युट्युब च्यानलमार्पmत संन्यासको घोषणा गरेका थिए। ‘मेरो सम्बन्ध घरेलु क्लबबाटै भएको थियो। त्यसैले जहाँ मैले खेलजीवनको उत्कृष्ट पलहरू बिताएको थिएँ,’ स्नाइडरले भने,‘त्यसैले यहींबाट अन्तर्राष्ट्रिय फुटबलबाट बिट मारेको हुँ। ’ स्नाइडर नेदरल्यान्ड्सका लागि सर्वाधिक क्याप जित्ने खेलाडीसमेत हुन्।…

लगातार बढेको सुनको मुल्य बुधबार घट्यो,

लगातार बढेको सुनको मूल्य बुधबार घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सात सय रुपैयाँले घटेर छापावाला सुनको मूल्य ७० हजार तीन सय रुपैयाँमा कारोबार भइरहेको छ। मंगलबार छापावाला सुनको मूल्य ७१ हजार रुपैयाँमा कारोबार भएको थियो। यस्तै तेजाबी सुनको मूल्य तोलामा सात सय रुपैयाँले घटेर ७० हजार रुपैयाँमा कारोबार भइरहेको छ। मंगलबार तेजाबी सुनको मूल्य तोलामा ७० हजार सात सय रुपैयाँमा कारोबार भएको थियो। चाँदीको मूल्य तोलामा १५ रुपैयाँले घटेर आठ सय २० रुपैयाँमा कारोबार भईरहेको छ।

प्रहरीको भ्यानले ठक्करदिँदा पैदलयात्रीको मृत्यु

कोटेश्वर चोकनजिकै प्रहरीको भ्यानले ठक्करदिँदा एक जनाको मृत्यु भएको छ। महानगरीय ट्राफिक प्रहरी महाशाखाबाट ड्युटीमा निस्केको प्रहरी भ्यानले ठक्कर दिँदा परिचय नखुलेका पैदलयात्रीको मृत्यु भएको हो। महाशाखाबाट मंगलबार राति ११ बजे निस्केको बा१झ ७८६६ नम्बरको भ्यानले ठक्कर दिएको हो। घाइते पैदलयात्रीको बुधबार बिहान ९ बजे मृत्यु भएको महानगरीय प्रहरी परिसरले जनाएको छ। घाइते भएका पैदलयात्रीलाई ट्रमा सेन्टर लगिएकोमा छ। गाडी र चालकलाई बानेश्वर वृत्तले नियन्त्रणमा लिएर अनुसन्धान थालेको परिसर प्रवक्ता डिएसपी होविन्द्र बोगटीले जानकारी दिए ।

केन्द्रीय सचिवालय बैठक फेरि स्थगित

जनवर्गिय संगठनको नेतृत्व लगायत विषयमा विवाद कायमै भएपछि अन्ततः सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको केन्द्रीय सचिवालय बैठक फेरि स्थगित भएको छ। पार्टीभित्र आन्तरिक छलफल गर्नु पर्ने देखिएपछि बैठक बिहीबारका लागि सरेको पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए। तर मंगलबार पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्व एमालेका नेताहरुबीच गरेको छलफलमा जनवर्गीय संगठनको नेतृत्वलाई लिएर व्यापक विवाद भएको र त्यो टुगिंन नसकेपछि बैठक स्थगित गर्नु परेको सचिवालयका एक सदस्यले बताएका छन्। स्कुल विभागको नेतृत्व पूर्व एमालेका ईश्वर पोखरेल या पूर्व माओवादीका नारायणकाजी श्रेष्ठ मध्ये कसलाई दिने भन्ने विवाद कायमै रहेका…