मदनमणि दीक्षितको राष्ट्रिय सम्मानका साथ अन्त्यष्टि

    वरिष्ठ साहित्यकार तथा पत्रकार मदनमणि दीक्षितको राष्ट्रिय सम्मानका साथ अन्त्यष्टि गरिएको छ । दीक्षितको ९७ वर्षको उमेरमा बिहीबार बिहान ४ बजे निवासमै निधन भएको हो । उहाँको अन्त्यष्टिमा साहित्यकार, कलाकार, उच्च पदस्थ अधिकारी, विभिन्न राजनीतिक दलका नेता लगाएतका उपस्थित रहेका थिए । उहाँले नेपाली साहित्य जगतलाई तीन दर्जन बढी कृति दिनुभएको छ । उहाँले २०३९ सालमा माधवी उपन्यासबाट मदन पुरस्कार प्राप्त गर्नुभएको थियो । उहाँलाई नेपाली साहित्यको धरोहरको रुपमा समेत लिने गरिन्थ्यो । वैदिक–पौराणिक साहित्य लेखनका महान साधक, नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व उपकुलपति, वरिष्ठ साहित्यकार मदनमणि दीक्षितको निधनले…

जनैपूर्णिमा पर्व देशभर रक्षाबन्धन धारण गरेर मनाईयो

  प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने रक्षाबन्धन, जनैपूर्णिमा पर्व देशभर रक्षाबन्धन धारण गरेर मनाइएका छन । जनै पूर्णिमाका दिन बिहानैदेखि वैदिक सनातन धर्मावलम्बीले नदी, ताल, तलाउ, पोखरीमा गई स्नान गरेर गुरु पुरोहितबाट रक्षासूत्र बाँध्छन्। गुरु पुरोहितले विधिपूर्वक मन्त्रिएको रक्षासूत्र धारण गरेमा नकारात्मक तत्वबाट सुरक्षा प्राप्त हुने धार्मिक विश्वास छ। सत्ययुगमा दानबद्वारा लखेटिएका देवगणलाई गुरु वृहस्पतिले रक्षा विधान तयार गरी जेले गर्दा अत्यन्त बलशाली दानवराज बलि बाँधिएका थिए । डोरो बाँधेर जोगाएका थिए भन्ने पौराणिक मान्यताका आधारमा चलेकोे रक्षाबन्धनको परम्परा हालसम्म पनि प्रचलित छ।मानव रक्षाका लागि जप, तप र…

आजको दिन क्वाँटी खानुको विशेष महत्व यसप्रकारका छन्,

नौ प्रकारका गेडागुडीबाट साना जरा टुसा उम्रेर टुसाउने प्रकृयालाई क्वाँटी भनिन्छ। क्वाँटी नेवारी शब्द हो । जसको अर्थ क्वाँ भनेको तातो र टी भनेको तरल पद्धार्थ हुन्छ । क्वाँटी विशेष गरी जनै पूर्णिमाका दिन खाने चलन छ। जनै पूर्णिमाका दिन क्वाँटी खानाले वर्षभरिको चिसोबाट बच्न सकिने कतिपयको बुझाई समेत छ। यति मात्र नभई जनै पूर्णिमा भन्ने बित्तिकै वर्षा समयको अन्तिम समय भन्ने बुझिन्छ। वर्षा समयमा विशेषगरी बालक र वृद्धालाई हुने चिसोपनाबाट शरीरलाई न्यानोपना प्रप्ता होस् भन्नका लागि यस दिनमा क्वाँटी खाने चलन चलिआएको हो। क्वाँटी बनाउनका लागि सानो केराउ, बोडी,…