भक्तपुरमा घिन्ताङघिसी नाच्दै गाईजात्रा मनाइयो

धार्मिक एवं ऐतिहासिक महत्व बोकेको गाईजात्रा भक्तपुरमा घिन्ताङघिसी नाच्दै मनाइएको छ । गाईजात्राको प्रमुख आकर्षण एवं भक्तपुरमा मात्र नाचिने घिन्ताङघिसी नाच प्रदर्शनले गाईजात्राको रौनक पनि थपिएको छ । घिन्ताङघिसी नाच जोडीजोडी बनेर लाठी जुधाएर नाच्ने गरिन्छ । आकर्षक नाचका रूपमा लिइने धार्मिक एवं ऐतिहासिक महत्व बोकेको घिन्ताङघिसी नाच गाईजात्राको दिन शुक्रबार टोलटोलबाट निकालिएको हो । उपत्यकामा मनाइने गाईजात्रामध्ये भक्तपुरको जात्रा पृथक मनोरञ्जनात्मक एवं व्यङ्ग्यात्मक हुनेहुँदा यो जात्रा हेर्न टाढाटाढाबाट लाखौँकोे सङ्ख्यामा मानिस आएका थिए । एक वर्षभित्र दिवंगत आफन्तको दिवङ्गत आत्माले मोक्ष प्राप्त गरून् भनी प्रत्येक वर्ष श्रावण शुक्ल प्रतिपदाका…

अन्तर विद्यालय छात्रा फुटबल प्रतियोगितामा दीपज्योती, डिगिया र भेरी सेमिफाइनलमा

क्वीन्स कप नेपालगञ्जमा जारी अन्तर विद्यालय छात्रा फुटबल प्रतियोगितामा दीपज्योती विद्या निकेतन, डिगिया र भेरी विद्या मन्दिर, राँझा सेमिफाइनलमा पुगेका छन् । असार १३ गतेदेखि शुरु भएको क्वीन्स कप पानी परेपछि रोकिएको थियो । आठौं राष्ट्रिय खेलकुद भएपछि पहिलो पटक खुल्ला गरिएको नेपालगञ्ज रंगशालामा भएको शुक्रबारको खेलमा दीपज्योतीले ग्रिनपिस मावि, कोहलपुरलाई र भेरी विद्या मन्दिर, राँझाले युनाइटेड एजुकेशनल एकेडेमी, नेपालगञ्जलाई पराजित गर्‍यो । पहिलो खेलमा दीपज्योतीले ग्रिनपिसलाई ४–० गोलले पराजित ग¥यो । फुटबल प्रशिक्षक सानु तामाङका अनुसार, दीपज्योतीको तर्फबाट पूजा बुढाले ७, २७ र ३१ मिनेटमा गोल गरेर ह्याट्रिक गरिन्…

पुडासैनी आत्महत्या प्रकरणमा पक्राउ परेकालाई पाँच दिन थुनामा राखेर अनुसन्धान गर्न जिल्ला अदालत चितवनको आदेश

पत्रकार शालिकराम पुडासैनीको आत्महत्या प्रकरणमा पक्राउ परेका सन्चारकर्मी रवि लामिछानेसहित तीनजनालाई पाँच दिन थुनामा राखेर अनुसन्धान गर्न जिल्ला अदालत चितवनले आदेश दिएको छ । शुक्रबार जिल्ला अदालत चितवनले लामिछाने, पत्रकार युवराज कँडेल र ओखलढुंगाकी अस्मिता कार्कीलाई थुनामा राखेर अनुसन्धान गर्न आदेश दिएको हो । तीनैजनालाई आत्महत्या दुरुत्साहनको अनुसन्धान सिलसिलामा प्रहरीले बिहीबार काठमाडौंबाट पक्राउ गरी चितवन लगिएको थियो । अदालतले बिहीबारैदेखि लागू हुनेगरी पाँच दिनको अवधि दिएको हो । पुडासैनीको शव चितवनको कंगारु होटलमा यही साउन २० गते झुन्डिएको अवस्थामा फेलापरेको थियो । पत्रकार पुडासैनीले ‘आत्महत्या’ गर्नुअघि ‘रेकर्ड’ गरेको भनिएको भिडियोमा…

राज्यबाट कुनै सुविधा नलिएको परमानन्द झाको दावी

  पूर्वउपराष्ट्रपति परमानन्द झाले अहिले आफुले राज्यबाट कुनै सुविधा नलिएको दावी गर्नुभएको छ । शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा झाले बिभिन्न सञ्चारमाध्यममा आफुले राज्यबाट बिभिन्न सुविधा लिएको समाचार आएको भन्दै आफुले राज्यबाट कुनै सुविधा नलिएको दावी गर्नुभएको हो । उहाले आफु उपराष्ट्रपति पदबाट हटेपछि राज्यको सवै सुविधा फिर्ता गरेको बताउनुभयो । आफु उपराष्ट्रपतिबाट हटेको झण्डै चार बर्ष पुग्न लागेको र सञ्चारमाध्यममा अझै सुविधा लिइराखेको समाचार आएकाले यसले जनमानसमा भ्रम पुग्न गएको उहाले बताउनुभयो । उहाले आफ्नो पक्षको कुनै सञ्चारमाध्यम नभएकाले सार्वजनिक कार्यक्रमबाट यस बिषयमा स्पष्ट पार्न खोजेको जिकिर गर्नुभयो ।

स्कुल विभाग प्रमुखको जिम्मेवारी पोखरेललाई दिने नेकपाको निणर्य

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले स्कुल विभाग प्रमुखको जिम्मेवारी ईश्वर पोखरेललाई दिने निर्णय गरेको छ । प्रधानमन्त्री निबास बालुवाटारमा शुक्रबार बसेको नेकपा सचिवालय बैठकले पार्टीका ३३ विभागको नेतृत्व टुंगो लगाउदै स्कुल बिभागको जिम्मेवारी पोखरेललाई दिने निर्णय गरेको हो । स्कुल विभाग प्रमुखका लागि पोखरेलसँगै नारायणकाजी श्रेष्ठ, घनश्याम भुसाल, बेदुराम भुसालसहित ८ नेताको दावी थियो । पूर्वएमालेले पोखरेल र पूर्वमाओवादीले श्रेष्ठको नाममा अडान लिएपछि स्कुल विभाग प्रतिष्ठाको विषय बनेको थियो । यस्तै नेकपाले संगठन विभाग प्रमुखको जिम्मेवारी बामदेव गौतमलाई दिएको छ । विदेश विभाग प्रमुखमा माधवकुमार नेपाल र उपप्रमुख राम…

पार्टीहरु असफल र नेताहरु भ्रष्ट भएको कमल थापाको आरोप

  राप्रपा दोलखा काठमाडौं सम्पर्क समाजले शुक्रबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा अध्यक्ष थापाले मुलुकमा अराजकता र भष्ट्राचार बढेको भन्दै यसलाई नियन्त्रण गर्न प्रमुख दलहरु र सरकार असफल भएको आरोप लगाउनुभएको हो । उहाले परम्परागत धर्म र संस्कृति तथा राजसंस्थालाई पाखा लगाएर मुलुकको समृद्धि र बिकास हुन नसक्ने बताउनुभयो । बर्तमान सरकार गठन भएको डेड बर्ष बढि हुदा पनि नयाँ नेपाल निर्माणको कुनै संकेत नदिएको उहाको भनाई छ । उहाले राष्ट्रनिर्माण र देशको बिकासका निम्ति बैंकल्पिक शक्ति राप्रपा नै भएको भन्दै यस बिषयलाई जनताको घरदैलोमा पुराउने काम राप्रपाले गर्ने बताउनुभयो ।…

नेवार समुदायले गाईजात्रा विशेष रुपमा मनाए

एक वर्षयता मृत्यु भएका आफन्तको सम्झना गर्दै काठमाडौं उपत्यकालगायत देशभरका नेवार समुदायले गाईजात्रा विशेष रुपमा मनाएका छन् । काठमाडौं उपत्यकाका धेरै टोलमा यो पर्व मनाइन्छ । दिवंगत आफन्तको नाममा गाई गाई वा मानिसलाई गाईका रूपमा सिँगारी आ–आफ्ना इलाकामा परिक्रमा गराउनाका साथै उनीहरूलाई श्रद्धालुद्वारा दूध, फलफूल, रोटी, चिउरा, दहीका साथै अन्न र द्रव्य दान गरिन्छ । यसरी नगर परिक्रमा गर्नाले वर्षभरि मृत्यु भएका व्यक्ति गाईको पुच्छर समाई वैतरणी पार हुन्छन् भन्ने धार्मिक विश्वास छ ।

पुडासैनीको आत्महत्या प्रकरणमा तीनै जनालाई अदालतमा म्याद थपका लागि पेश

पत्रकार सालिकाराम पुडासैनीको आत्महत्या प्रकरणमा पक्राउ परेका टेलिभिजन प्रस्तोता रवि लामिछाने, युवराज कडेँल र अस्मिता कार्कीलाई म्याद थपका लागि अदालतमा पेश गरिएको छ । काठमाडौँबाट बिहीबार दिउँसो पक्राउ परेकी कार्की र अबेर साँझ पक्राउ परेका लामिछाने र कडेँललाई मध्यराति चितवन लगिएको थियो । जिल्ला प्रहरी कार्यालय चितवनको हिरासतमा राखिएका उनीहरुलाई केहीबेर अघि जिल्ला अदालत चितवनमा लगिएको छ । रवि लामिछानेलाई षडयन्त्रपूर्वक फसाउन खोजिएको भन्दै उनका समर्थकहरु चितवनमा नाराबाजी गरिरहेका छन् ।

नेकपाका प्रमुख सचेतक भूमिश्वरको निवासमा बम विस्फोट

प्रदेश नम्बर ५ का नेकपाका प्रमुख सचेतक भूमिश्वर ढकालको निवासमा गएराति बम विस्फोट भएको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख एसपी हृदय थापाले घटनाको प्रारम्भिक अनुसन्धान गर्दा बियरको बोतलमा पेट्रोलियम पदार्थ राखेर प्रहार गरिएको पाइएको बताए। प्रहरीले घटनाको गम्भीरतापूर्वक अनुसन्धान गरिरहेको उनले बताए । ढकालको घरमा तीनवटा बम प्रहार भएको र त्यसले उनको गाडीमा क्षति पुगेको छ । ढकाल बिरामी परेर काठमाडौंको मेडिसिटी अस्पतालमा भर्ना भएका बेला उनको निवासमा आक्रमण भएको हो । सैनामैना ८ रामापुर कलौनीमा रहेको उनको निवासमा बम प्रहार भएको हो। बम प्रहारबाट उनको गाडीको पछाडिको…