लोकसेवा आयोगको विज्ञापन तत्कालिन अवस्थामा रहेको मन्त्री लालबाबुको दाबी

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले लोकसेवा आयोगको विज्ञापन संघीयता अनुसारको आवश्यकता र वर्तमान कानुनी व्यवस्था अनुसार भएकाले खारेज गर्न आवश्यक नरहेको बताउनुभएको छ । मंगलबारको प्रतिनिधिसभाको बैठकमा सांसदहरुले उठाएका विभिन्न प्रश्नहरुको जवाफ दिदै यस्तो बताउनुभएको हो । उहाँले आयोगको विज्ञापन तत्कालिन स्थितिमा रहेको कानुन बमोजिम रहेको, आरक्षणको व्यवस्था समाप्त नगरिएको दाबी गर्दै आरक्षणको व्यवस्था समाप्त गर्ने कुनै उदेश्य पनि नरहेको दाबी गर्नुभयो । उहाँले ट्रेड युनियन नीतिगत रुपमा आवश्यक रहेकाले छलफल अनुसार अगाडि बढ्ने बताउनुभयो । उहाँले नेपालको संविधान बमोजिम संघ, प्रदेश र स्थानीय तहमा कर्मचारीको समायोजन…

पुडासैनी मृत्युका सम्बन्धमा भइरहेको प्रहरी अनुसन्धानमा जुलुस प्रदर्शन भएको सांसद चौधरीको आरोप

सांसद शान्ता चौधरीले पत्रकार शालिकराम पुडासैनीको मृत्युका सम्बन्धमा भइरहेको प्रहरी अनुसन्धानलाई प्रभाव पार्ने ढङ्गबाट गरिएको जुलुस र प्रदर्शन भइरहेको आरोप लगाउनुभएको छ । प्रतिनिधिसभाको मंगलबारको बैठकको शुन्य समयमा उहाले जुलुस र प्रदर्शनले कानूनी राज्यको उपहास गरिरहेको पनि बताउनुभयो । ‘को दोषी को निर्दोष भन्ने सवाल चलिरहेको बेला अनुसन्धान प्रभावित बनाउन खोज्ने प्रवृत्ति सही मान्न नसकिने उहाको भनाई छ । उहाले चितवनका सडकमा गैरसंवैधानिक नारा सुनिन थालेको भन्लै त्यसलाई तुरुन्त नियन्त्रण गर्न सरकारको ध्यानाकर्षण पनि गर्नुभयो । बैठकमा सांसद हितबहादुर तामाङले पत्रकार पुडासैनी आत्महत्या प्रकरणको अनुसन्धानलाई अघि बढाउने क्रममा कानूनी राज्यको…

नेपाल–भारत संयुक्त आयोगको बैठकमा द्धिपक्षीय सम्बन्धका विषयमा छलफल हुने भट्टराईको भनाई

प्रधानमन्त्री केपी शर्मा ओलीका परराष्ट्र मामिला सल्लाहकार डा. राजन भट्टराईले भोलिबाट सुरु हुने नेपाल–भारत संयुक्त आयोगको बैठकमा द्धिपक्षीय सम्बन्धका विविध विषयमा छलफल हुने स्पष्ट पार्नुभएको छ । मंगलबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै उहाले नेपाल–भारतबीच बहुपक्षीय, फराकिलो र नजिकको सम्बन्ध रहेकोले छलफलको लागि धेरै विषयहरु रहेको बताउनुभयो । उहाले भारत र नेपाल दुवै देशमा स्थिर सरकार आएकोले दुई देशबीचको सम्बन्ध सुमधुर र सवल हुने राम्रो आधार तय भएको विश्वास दिलाउनुभयो । भारतसँग नेपालको ऐतिहाँसिक सम्बन्ध रहेको सुनाउँदै उहाले आगामी दिनमा अझै सिर्जनात्मक र सकारात्मक दिशातर्फ डोर्याउनेगरि छलफल केन्द्रित…

भलिबल च्याम्पियनसिपको पहिलो खेलमा नेपाल किर्गिस्तानसँग पराजित

पुरूष सिनियर सेन्ट्रल जोन भलिबल च्याम्पियनसिपको पहिलो खेलमा नेपाल किर्गिस्तानसँग पराजित भएसँगै नेपालका मुख्य प्रशिक्षक भान एविङले क्षमताअनुसारको प्रदर्शन गर्न नसकेको बताएका छन् । नेपाल किर्गिस्तानसँग आज भएको खेलमा ३–० को सोझो सेटमा पराजित हुन पुग्यो । २५–२३, २५–२२ र २५–२२ को सोझो सेटमा पराजित हुने क्रममा नेपालले एक खेलअघि नै सेमिफाइनल पुग्ने अवसरलाई पनि गुमाएको छ । हार पछि मुख्य प्रशिक्षक एविङले खेलाडीले आफ्नो क्षमताअनुसारले खेल्न नसकेको बताए । प्रशिक्षकले हारको समीक्षा गर्दै सुधार गर्नुपर्ने ठाउँमा सुधार गर्ने पनि बताए । नेपालले अब आफ्नो अन्तिम खेलमा माल्दिभ्ससँग २१ अगष्टमा…

सामाजिक सञ्जाल मार्फत नेताहरुलाई गाली गर्दै खुकुरी देखाएर काट्छु भन्ने युवक पक्राउ

एक युवाले सामाजिक सञ्जाल मार्फत नेताहरुलाई गाली गर्दै खुकुरी देखाएर काट्छु भन्दै हिडेको आरोपमा पक्राउ परेका छन् । भिडियोमार्फत प्रधानमन्त्री केपी ओली, कांग्रेस सभापति शेरबहादुर देउवा र नेकपा अध्यक्ष पुुुुुुुुुुुुष्पकमल दाहाल ‘प्रचण्ड’लाई अपशब्द बोल्दै काट्ने धम्की दिएका सागर मैनाली पक्राउ परेका हुन् । महानगरीय अपराध महाशाखा काठमाडौंको टोलीले उनलाई मंगलबार बाराबाट पक्राउ गरेको हो पत्रकार शालिकराम पुडासैनी हत्याप्रकरणमा अनुसन्धानका लागि पक्राउ परेका टेलिभिजन प्रस्तोता रवि लामिछानेलाई समर्थन गर्दै उनले नेतालाई अपशब्द बोलेपछि पक्राउ गरिएको महाशाखाका एसएसपी सहकुल थापाले बताए । लामिछानेलाई फसाएर ठूलो गल्ति गरेको भन्दै उनले नेताहरुलाई गाली गर्दै…

राष्ट्रिय योजना आयोगका एक कर्मचारी कार्यालयमै मृत भेटिए

  सिंह दरबारस्थित राष्ट्रिय योजना आयोगका एक कर्मचारी कार्यालयमै मृत भेटिएका छन् । कार्यालय भित्रको कोठामा योजना आयोगका सुब्बा बच्चुराम केसीको शव भेटिएको काठमाडौं प्रहरी परिसरका डिएसपी होविन्द्र बोगटीले जानकारी दिए । उनले आत्महत्या गरेको हुनसक्ने प्रहरीको अनुमान छ । घटनाको बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

जम्मू–कश्मीरमा जारी तनाव अन्त्य गर्न भारत र पाकिस्तानका प्रधानमन्त्रीलाई डोनाल्ड ट्रम्पको आग्रह

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र पाकिस्तानका प्रधानमन्त्री इमरान खानसँग टेलिफोनमा कुराकानी गरेका छन् । उनले दुवै देशका प्रधानमन्त्रीसँग सोमबार टेलिफोन वार्ता गरेका हुन् । दुवै देशका प्रधानमन्त्रीसँगको कुराकानीमा अमेरिकी राष्ट्रपति ट्रम्पले जम्मू–कश्मीरमा जारी तनाव अन्त्य गर्न आग्रह गरेको जनाइएको छ । ट्रम्पले मंगलबार ट्वीट गर्दै आफ्ना दुई असल मित्र राष्ट्र भारत र पाकिस्तानका प्रधानमन्त्रीसँग व्यापार, रणनीतिक साझेदारी र सबैभन्दा महत्वपूर्ण जम्मू–कश्मीरमा जारी तनाव कम गर्नेबारे कुराकानी भएको उल्लेख गरेका छन् । मुश्किल समय भए पनि कुराकानी राम्रो भएको उनले उल्लेख गरेका छन् । राष्ट्रपति ट्रम्पले भारतीय…

प्रमद्वारा अपर्झट सर्वदलीय बैठक आज

प्रधानमन्त्री केपी शर्मा ओलीले  सर्वदलीय बैठक बोलाउनु भएकाे छ  । आज साँझ ५ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने गरी प्रधानमन्त्रीले सर्वदलीय बैठक आह्वान गर्नु भएकाे हाे । बैठकमा संसदमा प्रतिनिधित्व गर्ने सबै दललाई बोलाइएको छ । बैठकको उद्देश्यबारे जानकारी दिइएको छैन । संसदमा हाल नेपाल कम्युनिस्ट पार्टी (नेकपा), नेपाली कांग्रेस, समाजवादी र राजपा गरी ४ दल छन् । बैठकमा प्रधानमन्त्रीले  कस्ता   विषयमा छलपफल  गर्नुहुन्छ  हेर्न  बाँकी छ ।